नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

आजभोलि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ ।

नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो । बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !