कतारमा अलपत्र परेका श्रमिकको उद्दार

आजभोलि

काठमाडौं । नेपाल आउने हवाई टिकट काट्न पैसा नभएर कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्दार गरिएको छ ।

रोजगारीको सिलसिलामा कतार पुगेका नेपाली कामदारको रोजगारी गुमेपछि स्वदेश फर्किने खर्चसमेत नभएका स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई संघले हवाई टिकटको व्यवस्था मिलाई नेपाल पठाएको हो ।

संघका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सबाट शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुगेका हुन् । लामा र पौडेल भने यही भदौ १ गते नेपाल आइसकेका थिए । छ महिनाअघि रोजगारीको लागि कतार पुगेका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताउँछन् ।

उनी भन्छन्, “सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ ।” उनी अगाडि भन्छन्, “कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।”

सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ । काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए । कोरोना कहरयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको संघले जनाएको छ ।

नेपाली दूतावाससँगको समन्वयमा उद्दार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताउँछन् । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ ।

संघको राष्ट्रिय समन्वय परिषद् कतारले उद्दार समिति बनाएर त्यहाँ रहेका नेपाली श्रमिकको दुःखमा साथ दिँदै आएको छ । “समस्यामा परेका जो–कोही नेपालीलाई सघले सहयोग गर्छ”, प्रवक्ता क्षेत्री भन्छन्, “जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।”

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !