काभ्रेमा आपत्कालीन गोदाम घर निर्माण

आजभोलि

काठमाडौं। विपदका घटनाहरु छिटो छरितोसँग उद्दार तथा व्यवस्थापन गर्ने उद्देश्यले काभ्रेको धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपदका समय आवश्यक पर्ने उद्दार सामग्रीको भण्डारणका लागि उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जनाएका छन्। नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो।

प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्दार गर्न सकिनेछ। यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्दारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

उक्तघरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ। उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्दार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ। उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपत्का घटनामा खोज तथा उद्दार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ।

खोज तथा उद्दारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उनले बताएका छन्।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !