शोक प्रस्ताव पारित

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत हुनुहुन्थ्यो । उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्यसचिवसमेत हुनुहुन्थ्यो ।

उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो । संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेछ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !