शुक्रबारदेखि नेपाल–इयू चलचित्र महोत्सव

आजभोलि

काठमाडौँ । नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रबारदेखि प्रारम्भ हुने भएको छ ।

कोभिड महामारीका कारण भोलिदेखि अप्रत्यक्ष माध्यमबाट असोज ९ गतेसम्म हुने महोत्सवमा दर्शकका मन जित्न सफल भई पुरस्कार प्राप्त गरेका १५ वटा चलचित्रसहित १४ वटा युरोपेली देशका २६ वटा अन्य चलचित्र प्रदर्शन गरिने यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

महोत्सवमा पाँचवटा नेपाली कथानक चलचित्र पनि प्रदर्शन गरिनेछ । प्रदर्शन हुने युरोपेली चलचित्रलाई नेपालीमा भाषान्तर गरिएको छ । जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षण लगायत विधाका चलचित्र पनि महोत्सवमा प्रस्तुत गरिनेछ ।

महोत्सव जारी रहँदा प्रतिनिधिमण्डलले नेपाली सिने क्षेत्रमा आबद्ध कलाकार, निर्देशक, चलचित्र समीक्षक र सञ्चारकर्मीसँग अप्रत्यक्ष रूपमा छलफल गर्नाका साथै पर्यावरणमा कुनै किसिमको प्रभाव नपारी त्यसको संरक्षण गर्दै चलचित्र छायाङ्कन गर्न सकिने विषयमा पनि छलफल गरिने जनाइएको छ ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !