दसैंका लागि नयाँ नोट सटही थालनी

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैंकले नजिकिँदै गरेको दसैंका लागि नयाँ नोट सटही कार्य थालनी गरेको छ । राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको हो ।

राष्ट्र बैंकले कोभिड संक्रमणलाई मध्येनजर गरी यसपाली चाँडै नोट सटही सुरु गरेको हो । यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने भएका छन्।

राष्ट्र बैंकले पोहोर नोट नसाट्ने निर्णय गरेको थियो । यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा नोट सटही सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाले भने अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन्।

औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने छन्। यद्यपि माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेका छन् । राष्ट्र बैंकले यसपाली अधिकांश नोट नयाँ नै वितरण गरिदिएको छ । पोहोरपरार सुकिलो (एक÷दुई पटक प्रयोग भएको) नोट पनि वितरण गरेको थियो ।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ। विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !