पोखरा र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा

आजभोलि

काठमाडौं । आउँदै गरेको विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बाग्लुङ बसपार्कमा सहायता कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

सहायता कक्षमा एक ट्राफिक र एक जनपथ गरी दुई जना प्रहरी छन् । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताए ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए । उनले भने, “विशेषगरी यात्रुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।”

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बीचबाटामै छाडिदिने, यात्रुका सामान हराउनेलगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ । कक्षमा ९८५६०१८३३० नम्बरको मोबाइल फोनको व्यवस्था गरिएको छ ।

प्रहरीले विगत वर्षमा समेत दशैँदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जानकारी दिनुभयो । पोखरा बसपार्कबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेको छ ।

बाग्लुङ बसपार्कबाट साविकको धवलागिरि अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङलगायतका जिल्लासहित ग्रामीण र छोटो दूरीमा बस सञ्चालन हुने गरेको छ । यसैगरी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक सङ्केत ज्याकेट, ट्राफिक सचेतना स्टिकर र मास्क हस्तान्तरण गरेको छ ।

एशोसिएशनका अध्यक्ष मोहनबाबु खड्काले सो सामग्री ट्राफिक प्रमुख बस्नेतलाई प्रदान गर्नुभएको हो । एशोसिएशनले विगतदेखि नै ट्राफिक प्रहरीसँगको समन्वयमा पोखरामा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !