कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

आजभोलि

बैतडी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको पदाधिकारीमासमेत महिला र दलितको सङ्ख्या न्यून रहेको छ । सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सुर्नयामा सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीर सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

यसैगरी पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यस्तै शिवनाथमा सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त सर्वसम्मत रुपमा निर्वाचित भएको समितिले जनाएको छ ।

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट सभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी भएको छ । यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ । उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।

पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका हुन् ।

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भएका छन् ।

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् ।

दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी हुनुभएका छन् भने उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भएका छन् ।

यसैगरी डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित भएका छन् भने उपसभापति रामनाथ, शङ्कर विष्ट, सचिव मदननाथ, शङ्करदत्त पन्त, सहसचिव विक्रम कार्की, दिलानाथ विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहेको भए पनि आउन नसकेका महिला नेत्री भागरथी भट्टले बताए । उनले भने, “महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने अझै पनि गलत सोच रहेकाले नेतृत्वमा आउन सकेका छैनन् ।” उनले अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशील सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन् भने ।

सबै क्रियाशील दलित सदस्यले नेतृत्व हाक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएका नेपाल दलित सङ्घ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताए । उनले भने, “केही जान्नेसुन्ने क्रियाशील दलित सदस्य स्थानीयस्तरमा बस्न नचाहेकाले पनि नेतृत्वमा नदेखिएको हुन सक्छ ।

उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि विधानमै व्यवस्था हुनुपर्छ ।” कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

 

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !