नेता पुन थप उपचारका लागि बैंकक जाँदै

आजभोलि

काठमाडौं । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो ।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गरेको छ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !