पूर्वविद्यार्थी मञ्चद्वारा विद्यालयलाई सहयोग

आजभोलि

तनहुँ । जिल्लाको भानुनगरपालिका–१३ ठूलोढुङ्गास्थित अरनिको माविका पूर्वविद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक सहयोग जुटाउन लागेका छन् । उक्त विद्यालयमा यही शैक्षिक सत्रदेखि आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि मञ्चले सहयोग गर्न आह्वान गरेको थियो ।

अहिले रकम सङ्कलन जारी छ । अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा वार्षिक रु एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र विद्यालयको आर्थिक स्रोत नभएपछि आर्थिक स्रोत जुटाउन थालिएको मञ्चका सचिव रामकृष्ण कुवँरले जानकारी दिए ।

पूर्वविद्यार्थी कोष स्थापना अभियानमा विदेशबाट मात्र नभई स्वदेशमा रहनुभएका पूर्वविद्यार्थीले पनि सहयोगका लागि उत्साहित भएको उहाँले बताउनुभयो । मञ्चले हालसम्म सङ्कलन गरेको रु साठी हजार सोमबार विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई हस्तान्तरण गरिसकिएको जनाएको छ ।

भानु घर भई हाल अष्टे«लिया रहनुभएका प्रेम गुरुङबाट रु २५ हजार, भानु घर भई हाल मकाउ रहनुभएका प्रकाश थापाबाट रु १० हजार तथा भानु घर भई हाल दुबई रहनुभएका रबिन खड्काबाट रु १० हजार आर्थिक सहयोग गरेकोे छ ।

भानु बर्खोला निवासी प्रेम गुरुङबाट पाँच हजार पाँच सय, पुलिमराङ निवासी युवराज गुरुङबाट रु पाँच हजार र महम्मद तालिम मियाबाट रु पाँच हजार पाँच आर्थिक सहयोग गर्नुभएकाले उक्त रकम प्रअ शाहलाई हस्तान्तरण गरिएको पूर्वमञ्चका सचिव कुवँरले जानकारी दिए ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !