बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

आजभोलि

काठमाडौं । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।

चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान आदि गर्ने उद्देश्य लिएको छ ।

बेल्ट एण्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्ना वैभव र अनुभवको आदानप्रदान गर्न यो साझा मञ्च निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौँ, आपसी समझदारीका साथ एकापसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौँ, त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।” चिनियाँ लेखक सङ्घका अध्यक्ष थी निङ समारोहमा उपस्थित हुनुभएको थियो ।

उहाँले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै बेल्ट एण्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्य गर्नसक्ने बताउनुभयो ।

माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक÷साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !