आर्थिक तथा सामाजिक हितका लागि सहकारी

आजभोलि

#  प्रविण भट्टराई

समुदायका सदस्य व्यक्ति बीच वा सदस्य व्यक्तिको समूह जस्तै यूवा समूह, महिला समूह मिलीजुली कृषि कर्म गर्न वा व्यवसायिक तथा आर्थिक कृयाकलाप गर्न वा अन्य सामाजिक कार्य गर्न सहकार्य गर्ने पद्धति नै सहकारी हो।

अथवा एक आपसमा सामूहिक अवधारणामा कृषि कर्महरु गर्नु, अर्थपार्जन हुने गरी साना तथा मझौला पेशा व्यवसाय गर्नु वा सामाजिक हितका लागि अन्य बिभिन्न प्रकारका सामाजिक कार्यहरु गर्नु नै सहकारी हो ।

यस प्रकारको प्रणालिमा सदस्य व्यक्ति बिच वा सामूहिक रुपमा बिभिन्न ढँगले बस्तु तथा सेवाको व्यापार व्यवसाय गरिन्छ । त्यसैले, सहकारितामा न्युन आय स्तर भएका वा कमजोर सामाजिक तथा आर्थिक हैसियत भएका व्यक्ति तथा समूहको आर्थिक तथा सामाजिक अवस्थालाई थप सुधार गर्न बिभिन्न प्रकारका सेवामुलक तथा व्यवसायिक कार्यहरु गरिन्छ ।

त्यसैले, सहकारी भनेको न्युन आय श्रोत भएका वा न्युन सामाजिक स्तर भएका व्यक्तिको प्रत्यक्ष सँलग्नतामा सन्चालनमा आएको सेवामुलक तथा व्यवसायिक निकाय हो ।

जसले न्युन सामाजिक तथा आर्थिक हैसियत भएका व्यक्तिको वा यस समूहलाई प्रतिनिधित्व गर्ने वर्ग तथा समुदायको आर्थिक तथा सामाजिक स्थितिलाई सुधार गर्न प्रयत्नरत हुन्छ ।

जहाँ सदस्य व्यक्तिलाई वा सदस्य व्यक्तिको समूहलाई प्रजातन्त्रिक ढँगले सामूहिक रुपमा गोलबद्ध गरिन्छ । र सहकारी सँस्थाले आफ्ना सदस्यहरुबाट स्थानीय रुपमा नगद निक्षेपको रुपमा स्विकार गर्ने तथा ती आफ्ना सदस्यहरुलाई उनीहरुको आवश्यकता अनुसार सहकारी सँस्थामा बचत हुन आएको नगद फिर्ता दिने काम गर्दछ ।

साथै, आफ्ना सदस्यहरुलाई स्थानीय रुपमा व्यवसायिकताको विकास तथा बिस्तार गर्न वा सदस्य व्याक्तिहरुको आर्थिक सवलताको लागि सानो एकाइको रकम कर्जा स्वरुप प्रवाह गर्दछ ।

त्यसैले, स्थानीय पूँजी, मानव श्रोत र अन्य व्यवसायिक सम्भावनाहरुको पहिचान गर्दै ग्रामिण अर्थतन्त्र सुधारमा वा देशको समग्र विकासको लागि सहकारी अभियान सधै प्रयत्नशिल छ । त्यसैले, सहकारीले प्रमुख रुपमा आफ्ना सदस्यहरुको बचत तथा निक्षेप स्विकार गर्दछ ।

र आवश्यकता अनुसार उक्त बचत तथा निक्षेपलाई व्याज सहित फिर्ता दिन्छ । त्यसैगरी, स्थानीय गाउँघरमा उद्यमि व्यवसायी हुन चाहाने सदस्य व्यक्तिलाई सामुहिक जमानिमा वा धितो राखेर वा बिना धितो सानो तिनो घरेलु व्यवसाय सन्चालन गर्नका कार्यशिल पूँजी स्वरुप न्युन व्याजदरमा कर्जा प्रवाह गर्दछ ।

साथै, सहकारीले सेयर तथा त्रृणपत्र जनस्तरमा जारी गर्दछ । त्यसैगरी, वित्तिय सारक्षताको कार्यक्रम पनि सदस्य व्यक्ति बिच लैजाने गर्दछ । तसर्थ, सहकारी भनेको सामान आर्थिक तथा सामाजिक हैसियत भएका व्यक्तिहरुको सँगठन हो।

जहाँ प्रजातन्त्रिक मुल्य र मान्यतालाई आत्मासाथ गर्दै सामाजिक तथा आर्थिक उदेश्य प्राप्तिका लागि सदस्य व्यक्तिहरु स्वतन्त्रपुर्वक सेवामुलक तथा व्यवसायिक कार्यमा सँलग्न हुन्छ ।

साथै, प्रत्येक सदस्य समान रुपमा नाफा र जोखिम बहन गर्न तयार हुन्छन् । त्यसैले, सामूहिक हितका लागि प्रत्येक सदस्य व्यक्ति सहकारिमा कृयाशिल हुन्छन् । बास्तवमा, सहकारी सहकारिताको मुल्य र मान्यता अनुरुप सदस्य सदस्य बिच आर्थिक तथा सामाजिक व्यवहार गर्ने उदेश्यले जन्म भएको सँगठन हो ।

र सहकारी सँगठन सहकारी ऐन, २०४८ अनुसार दर्ता भई कानुनी मान्यता प्राप्त गरी सन्चालनमा आएको आफ्ना सदस्यलाई बैकिङ तथा वित्तिय सेवा प्रदान गर्ने सँस्था हो । र कुनैपनि सहकारी सँगठनले सहकारी विभागमा दर्ताभई निश्चित कार्यक्षेत्रमा सेवामुलक तथा व्यवसायिक कार्यहरु गर्ने स्वीकृती लिई सोहि अनुसार आफ्ना सदस्यहरुलाई वित्तिय सेवा सुविधा दिने काम गर्दछ ।

परिभाषा ड्ड सहकारी ऐन २०४८ ले निर्दिष्ठ गरेका वित्तिय नीति नियमको पालना गर्ने भनि व्यवसायिक रुपमा बैकिङ तथा वित्तिय सेवा सुविधाहरु दिनको लागि न्युन सामाजिक स्थिती तथा कमजोर आर्थिक अवस्था भएका सदस्य व्यक्तिहरुको सामूहिक प्रयासमा कुनै निश्चित कार्यक्षेत्रममा सेवा दिने भनि वा कुनै निश्चित स्थानीय गाउँ समाजमा स्थापना भएको सेवामुलक तथा व्यवसायिक निकाय नै सहकारी सँगठन हो ।

ड्ड सदस्य व्यक्तिको आर्थिक अभिबृद्धिको लागि स्वतन्त्रपुर्वक प्रत्येक सदस्य व्यक्तिको समान हैसियतमा वा सामुहिक सँलग्नतामा सन्चालन भएको व्यवसायिक वा सेवामुलक सँगठन नै सहकारी हो ।

ड्ड न्युन सामाजिक तथा आर्थिक हैसियत भएका व्यक्तिहरुको सामुहिक सँगठन नै सहकारी हो । उक्त सँगठनमा प्रत्येक सदस्य व्यक्ति स्वतन्त्रपुर्वक सँगठनमा सहभागि हुने र सँगठनबाट बाहिरने गर्दछन् । र उनीहरु आफ्नो सामाजिक उत्थान र आर्थिक सम्वृद्धिका लागि प्रत्येक सदस्य व्यक्तिहरुले बिभिन्न प्रकारका सेवामुलक तथा व्यवसायिक कार्यहरु गर्दछन् ।

ड्ड साझा सामाजिक तथा आर्थिक उदेश्य प्राप्त गर्नका लागि प्रत्येक सदस्यहरु स्वस्फूर्त सँगठनमा आवद्ध हुने कार्य नै सहकारी हो । जहाँ उनीहरुको समुहिक जिम्बेवारी र प्रजातन्त्रिक बिधिबाट सहकारी सँगठनमा सँलग्नता हुन्छ ।

त्यसैले सहकारी सँगठन प्रत्येक सदस्य व्यक्तिको आर्थिक तथा सामाजिक हैसियत राम्रो बनाउन स्थापना भएको परोपकारी सँगठन हो । जहाँ प्रत्येक सदस्य व्यक्तिहरु सामूहिक हितको लागि बिभिन्न प्रकारका सेवामुलक तथा व्यवसायिक कार्यहरु गर्दछन् ।

त्यसैगरी, ती सदस्य व्यक्तिहरु स्वतन्त्र पूर्वक सँगठनका उदेश्य प्राप्तिका लागि विभिन्न प्रकारका वित्तिय तथा बैकिङ कार्यहरु गर्दछन् । त्यसैगरी, उनीहरुले समान रुपमा पूँजीको परिचालन गर्दै समान रुपमा नाफा र नोक्सान बहन गर्न तयार हुन्छन् ।

त्यसैले, सहकारी भनेको त्यो सदस्य व्यक्तिहरुको सँगठन हो । जहाँ प्रत्येक सदस्य व्यक्तिले बस्तु तथा सेवाको समान रुपमा उपभोग गर्दछन् । र ती सदस्य व्यक्तिहरु सहकारीमा वित्तिय तथा बैकिङ कार्यहरु गर्दै सहकारी सँगठनले निर्दिष्ट गरेका लक्ष्यहरु प्राप्तिका लागि क्रियाशिल हुन्छन् ।

तसर्थ, सहकारी अवधारणमा न्युन आय श्रोत भएका वा न्युन सामाजिक स्तर भएका सदस्य व्यक्ति जस्तै किसान, श्रमिक, उपभोक्ता, दलित तथा सिमान्तकृत समूहमा पर्ने जाती तथा समुदायको व्यक्तिगत रुपमा वा सामूहिक हित सर्घषको लागि बैकिङ तथा बित्तिय कार्य गरिन्छ ।

साथसाथै, सहकारिमा मुख्यगरी कृषि कर्म गर्न, बस्तुको उत्पादन तथा बजारिकरण गर्न, बस्तुको वीमा गर्न, पशुपालन पेशा सन्चालन गर्न, दुग्ध व्यवसाय सन्चालन गर्न तथा ग्रामीण स्तरमा साना तथा मझौला उद्योग व्यवसाय सन्चालनको व्यवसायिक कार्यहरु गरिन्छ ।

त्यसकालागि सहकारिबाट आफ्ना सदस्यलाई सानो एकाइको नगद कर्जा स्वरुप व्यवसायियक उदेश्यले लगानी गरिन्छ । तसर्थ, सहकारी सँगठनको मुख्य कार्य भनेको सहकारी अभियानबाट सहकारिमा जोडिएका प्रत्येक सदस्यहरुको सामाजिक तथा आर्थिक सम्वृद्धिको लागि बैकिङ तथा वित्तिय कार्यहरु गर्नु हो ।

हाल देशमा तीस हजारको हाराहारीमा सहकारी सँगठनहरु छन् । र करिव पैतालिस लाखको सँख्यामा न्युन आय आर्जन गर्ने वा न्युन सामाजिक हैसियत भएका व्यक्तिहरु सहकारी अभियानमा जोडिएका छन् ।

सहकारी सँगठनका मुख्य बिशेषता निम्न छन् :
ड्ड सहकारी स्वच्छिक सँगठन हो भने सहकारी खुल्ला सदस्यता आधारित हुन्छ । ड्ड सहकारिमा सेवा भावना हुन्छ र नगद कारोबारमा सहकारिका बैकिङ् कारोबार हुन्छ । ड्ड प्रत्येक सदस्य बिचको सम्बन्ध समानता आधारित हुन्छ र उनीहरु बिच पारस्परिक सहयोग हुन्छ ।

ड्ड सहकारी सँगठन प्रजातन्त्रिक व्यवस्थापनमा आधारित हुन्छ र सहकारी ऐनको पुर्ण पालना हुन्छ । ड्ड सहकारी सँगठनमा बचतको बितरण र सदस्य केन्द्रित आर्थिक व्यवहार हुन्छ । ड्ड छुट्टै कानुनी अस्तित्व र सदस्यमा बैकिङ तथा वित्तिय कारोबारबाट सहकारी सँगठन सन्चालित हुन्छ ।

त्यसैगरी, सहकारी सँगठनका महत्व निम्न प्रकारका छन् । ड्ड सहकारीमा सँलग्न भए पछि प्रत्येक सदस्य व्यक्तिको बचत गर्ने बानिको विकास हुन्छ ।
ड्ड सहकारीबाट उद्यमि व्यक्ति तथा सँस्थाले आवश्कयता अनुसार कर्जा प्राप्त गर्न सक्छन् । ड्ड सहकारीका कारणले स्थानीय यूवा तथा महिलाले रोजगारिको अवसर पाउन सक्छन् ।

ड्ड सहकारीले गर्दा उत्पादन र वितरणमा सुधार आई ग्रामीण अर्थतन्त्रमा सुधार आउँछ । ड्ड सामाजिक जीवन शैलिमा सुधार आउँछ साथै आर्थिक रुपमा स्थानीयबासी आत्मानिर्भर हुन्छन् ।

ड्ड सहकारीले गर्दा स्थानीय श्रोत साधनकको उच्चतम् प्रयोग हुन्छ र ती श्रोतको मौद्रिक मुल्य पनि कायम हुन्छ । ड्ड सहकारीले कर्जा प्रवाह गर्ने हुँदा गाउँघरमा साना तथा घरेलु व्यवसायको विकास तथा बिस्तार हुन्छ । ड्ड सहकारिले गर्दा वित्तिय साक्षरता शिक्षा मार्फत स्थानीयबासीले वित्तिय जानकारी पाउने गर्दछन् ।

ड्ड सहकारिका कारणले न्युन आर्थिक तथा सामाजिक हैसियतका व्यक्तिहरुको सामूहिक भावनामा सुधार आउँछ । त्यसैगरी, सहकारी सँगठनबाट निम्न प्रकारका कर्जा प्राप्त गर्न सकिन्छ ।
जस्तै,
ड्ड साना व्यवसायी कर्जा
ड्ड व्यक्तिगत कर्जा
ड्ड सामुहिक जमानी कर्जा
ड्ड शैक्षिक कर्जा
ड्ड घर निर्माण कर्जा
ड्ड यूवा तथा महिला उद्यमशिल कर्जा
ड्ड हायर पर्जेच कर्जा
ड्ड जग्गा खरिद कर्जा
ड्ड मुदत्ति धितो कर्जा
ड्ड बैदेशिक रोजगारी कर्जा
र सहकारीमा बचत भने निम्न प्रकारको गरिन्छ ।

जस्तै,
ड्ड नारी बचत
ड्ड बाल बचत
ड्ड नियमति बचत
ड्ड ३६५ दिन बचत
ड्ड व्यवसायिक बचत
ड्ड एक महिना आवधिक बचत
ड्ड एक बर्षे आवधिक बचत
ड्ड ५ बर्षे मुद्धति बचत
ड्ड वृद्ध समूह बचत

ड्ड खुत्रुके बचतत्यसैगरी, सहकारी सँगठनको मुख्य उदेश्य भनेको सदस्य व्यक्तिको आर्थिक तथा सामाजिक सम्वृद्धिका लागि वित्तिय कारोबार गर्नु हो । सहकारी सँगठनबाट गरिने यस प्रकारका सामुहिक कार्यले समुदायका व्यक्तिहरु आर्थिक रुपमा स्वभलम्भन हुन्छन् र गरिवी न्युनिकरणमा सहयोग पुग्दछ ।

तसर्थ, आर्थिक कारणले गर्दा सहकारीको महत्व निम्न अनुसारका छन् ।
ड्ड रोजगारिको अबसर श्रृजना हुने र सदस्य व्यक्तिको आयमा बृद्धि हुने ।
ड्ड देशको जिडीपिमा वृद्धि हुने र ग्रामिण अर्थतन्त्रमा सुधार आउने ।
ड्ड साना तथा घरेलु उद्योगको बिकास र बिस्तार सँगै ग्रामिण उद्यमशिलतामा सुधार आउने ।

ड्ड स्थानीय स्तरमा व्यापारको बिस्तार हुने र बस्तु तथा सेवाको बजारिकरण सहजै हुने हुन्छ । त्यसैगरी, सामाजिक कारणले सहकारीको महत्व निम्न अनुसारका छन् ।

ड्ड सहकारीबाट सानो मात्राको कर्जा सुविधा न्युन आय श्रोत भएका वा न्युन सामाजिक हैसियतका सदस्य व्यक्तिले पाउने गर्दछन् ।
ड्ड सहकारीको सहयोगले सामाजिक आवश्कयता र सामाजिक मुद्धाहरु सहजै हल हुन्छन् ।

ड्ड कृषक, श्रमिक, दलित तथा जनजाती समुदायका व्यक्तिको सामाजिक हैसियतमा सुधार आउँछ । ड्ड सामाजिक बिभेद र सामाजिक असमानताको अन्त्य हुन्छ र ग्रामीण विकासको अवधारणामा जोड पुग्दछ । र सहकारी सँगठनमा निम्न श्रोतबाट पूजी सँकलन गर्न सकिन्छ ।

जस्तै,
ड्ड सहकारिका आफ्ना सदस्यहरुबाट ।
ड्ड सहकारिको व्यवसायिक कारोबारबाट वा नाफाबाट ।
ड्ड अन्य श्रोतबाट ९ कर्जा, साधारण बचत, मुद्धति बचत०

तसर्थ,

सहकारी भनेको सदस्य व्यक्ति केन्द्रित सँगठन हो । र समान सामाजिक तथा आर्थिक हैसियतका सदस्य व्यक्तिहरु आर्थिक तथा समाजिक अवस्थ सुधार्नमा केन्द्रित हुन्छन् । जहाँ प्रत्येक सदस्य व्यक्ति सामान रुपमा प्रजातान्त्रिक ढँगले सँगठन भित्र बिभिन्न प्रकारका सामूहिक तथा व्यवासयिक कार्यहरु गर्न स्वतन्त्र छन् ।

त्यसैगरी, सहकारी अभियानको सुरुवात युरोपबाट १९ औ शताब्दि देखि भएको हो । र रोवर्ट ओवेनलालाई ९१७७१ देखि १८५८० सहकारी अभियानका जन्मदाता हुन् । त्यसैगरी, नेपालमा सहकारी संस्थाको विकास क्रमलाई हेर्ने हो भने राणाकालको गुठी, पैँचो, पर्म, धर्म भकारी, ढुकुटी जस्ता अनौपचारिक संगठन हुँदै विकसित भएको देखिन्छ ।

र नेपाल सरकारले सन् १९६० मा पहिलो पटक सहकारी ऐन जारी गरेर सहकारी अभियानलाई र सहकारी सँगठनलाई व्यवस्थित गर्यो । त्यसैगरी, सरकारको तर्फबाट सन् १९५३ मा सहकारी डिभिजनको स्थापना गरी सहकारी सँस्थालाई नियमन गर्न थालेको हो ।

सहकारी ऐन २०७४ अनुसार सहकारी सँस्थाले आफ्ना नियमित कामहरु गर्दै आएको छ । त्यसैगरी, सहकारी ऐन २०४८ को दफा २६ को १ र २ बमोजिम सहकारी सँघ सँस्थाको वित्तिय कारोबारको नियमन कार्य प्रभावकारी बनाउन सहकारी सँस्था मापदण्ड २०६८ अनुसार बिभिन्न प्रकारका कामहरु हुँदै आएका छन् । र सहकारी सँगठनका प्रकार निम्न अनुसारका छन् ।

जस्तै,
ड्ड कृषि उपज उत्पादन गर्ने बस्तु तथा सेवासँग सम्बन्धित सहकारी सँगठन ।
ड्ड दैनिक उपभोग्य बस्तु उत्पादन र खरिद बिक्रिसँग सम्बन्धित सहकारी सँगठन । ड्ड नगद बचत निस्कासन र कर्जा लगानीसँग सम्बन्धित सहकारी सँगठन ।

ड्ड पर्यावरणिय तथा वतावरणिय पक्षमा काम गर्ने सहकारी सँगठन ।
ड्ड बिज्ञान तथा प्रविधीको क्षेत्रमा काम गर्ने सहकारी सँगठन ।
त्यसैगरी, सहकारीका सिद्धान्त निम्न अनुसारका छन् ।

जस्तै,
ड्ड स्वेछिक तथा खुल्ला सदस्यता र सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ।
ड्ड सदस्यहरुको आर्थिक सहभागिता र स्वायतता तथा स्वतन्त्रता ।
ड्ड सदस्य बिच शिक्षा तालिम र सूचनाको पहुच ।
ड्ड सहकारिहरु बीच सहकारिता ।
ड्ड समुदाय प्रति चासो । र सहकारीका फाइदाहरु निम्न अनुसारका छन् ।

जस्तै,
ड्ड न्युन आय श्रोत भएका सदस्यलाई न्युन आयकर ।
ड्ड सदस्यवाट नगद श्रोतको सँकलन र उनीहरु बिच कर्जा लगानी ।
ड्ड बस्तु तथा सेवामा सुधार र लागतमा कमी ।

ड्ड सँगठन भित्र प्रजातन्त्रिक अभ्यास र सदस्यहरुको सक्रिय सहभागिता ।
ड्ड स्थानीय पूजीको सँकलन र यूवा, महिला, उद्यमि र साना व्यवसायिलाई पुन लगानी अवसर ।

त्यसैले, सहकारी संस्था भनेको सदस्य व्यक्तिको आर्थिक तथा सामाजिक हितको लागि सन्चालनमा आएको व्यवसायिक सँगठन हो । र सहकारी सँगठनहरुले आफ्ना सदस्यबाट नियमित रुपमा अर्थ संकलन गरी सदस्यहरुलाई कर्जा प्रवाह गरेका हुन्छन् ।

गाउँघरमा आफ्ना सदस्य व्यक्तिलाई वा उनीहरुलाई व्यवसायी बनाउन उत्प्ररित गर्दछ । त्यसैले, सहकारी सँगठनले आफ्ना सदस्यहरुमा बचत गर्ने बानीको विकास गराई आफ्ना सदस्यहरुलाई त्रृण प्रवाह गर्दै गाउँघरमा आफ्ना सदस्यलाई उद्यमशिल हुन अभिप्रेरित गर्दछ ।

यस प्रकारको सेवा मुलक तथा व्यवसायिक अभ्यासले सहकारिले आफ्ना सदस्यको आपसी आर्थिक सम्बन्ध स्थापना गराउँदै उनीहरुको सामाजिक स्थितीमा प्रष्ट सुधार ल्याउन तथा उनीहरुको गाउँघरको आर्थिक स्तर बलियो बनाउन सधै अग्रसर हुन्छ ।

निष्कर्ष 
सहकारी अभियान एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । यस अवधारणामा निश्चित समुदायलाई प्रतिनिधित्व गर्ने सदस्य व्यक्तिहरू संगठित भई प्रत्येक सदस्यको हित प्रवर्धन गर्न बिभिन्न प्रकारका सेवामुलक तथा आर्थिक क्रियाकलापहरु गरिन्छ ।

तसर्थ, सहकारीमा “एकका लागि सबै र सवैका लागि एक” भन्ने सोचका साथ कामहरु गरिन्छ । र सहकारीमा छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई समुचित प्रयोग तथा परिचालन गरिन्छ ।

जहाँ प्रजातन्त्रिक मुल्य र मान्यतालाई आत्मासाथ गर्दै सीमित स्रोत र साधनमा पहुँच भएका सदस्य व्यक्तिहरु निर्दिष्ट सहकारी अभियानका निर्दिष्ट उदेश्यहरु पाउन प्रत्येक सदस्य सहकारी अभियानमा सक्रिय हुन्छन् ।
त्यसैले, सहकारीका बिशेषताहरु निम्न अनुसारका छन् स्
ड्ड सदस्यहरू सहकारिका मालिक र ग्राहक हुन् ।

ड्ड सहकारी सँगठन सामाजिक आधार भएको समुदाय केन्द्रित सेवामुलक व्यवसाय हो । ड्ड सहकारी संस्थाले आफ्नो विनियम, सञ्चालन कार्यविधि र मापदण्डहरू तयार गरी सोको आधारमा कार्य सञ्चालन गरेको हुन्छ ।
ड्ड सहकारीले वित्तीय कारोबारलाई प्रधानता दिन्छ ।

ड्ड सदस्य व्यक्तिबाट बचत संकलन गर्नु र उनीहरुलाई नै उद्यमि व्यवसायी बनाउन हो । त्यसैले सहकारिको मूलभूत उद्देश्य भनेको संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी उनीहरुको सामाजिक न्याय र समानताका पक्षमा काम गर्नु हो ।

यस उदेश्य प्राप्तिका लागि सहकारी सँगठनका मार्फत मूलतः आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गर्न बिभिन्न प्रकारका सेवामुलक तथा आर्थिक गतिबिधीहरु गरिन्छ ।

साथसाथै, आफ्ना सदस्यबाट थोरै थोरै नगद बचत सङ्कलन गर्ने र समूह भित्रकै सदस्यहरूलाई सहुलियत ब्याजदरमा छोटो अवधिको लागि कर्जा प्रदान गरी सदस्य व्यक्तिलाई उद्यमी बन्न तथा उनीहरुलाई बेलाबखत आइपर्ने साना तिना गर्जो टार्ने राम्रो माध्यम सहकारी सँगठन भएको छ ।

साथसाथै, आम सर्वसाधारण ग्रामीण जनता बिच बित्तिय पहुँच अभिवृद्धि गर्न, महिला सशक्तिकरण गर्न, स्थानीय स्तरमा उद्यमशीलता प्रवर्धन गरी गरिबी न्यूनीकरणमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ ।

त्यसैगरी, नेपाल सरकारले राष्ट्रिय विकासको लागि लिएको तीन खम्बे नीति मध्ये राज्यको अर्थतन्त्र निर्माणमा सहकारी एक महत्वपुर्ण खम्बा हो । राज्यका अर्थतन्त्र निर्माणका तीन खम्बे नीतिमा जस्तै निजि क्षेत्र, सरकारी क्षेत्र र सहकारी पर्दछन् ।

साथै, उत्पादन, रोजगारी र जनताका आधारभूत आवश्यकताको परिपुर्तिको लागि सहकारी सँगठन साहायका सिद्ध भएका छन् । किनभने सहकारी अभियानबाट निम्न प्रकारका उपलब्धि हाँसिल भएका छन् ।

ड्ड न्युन सामाजिक तथा आर्थिक अवस्था भएका नागरिकहरूको सहकारीमा बढ्दो सहभागिता रहेको छ । ड्ड विभिन्न कारणले बिभाजित व्यक्ति तथा समाजलाई जोडेर सामाजिक एकीकरणमा सहयोग पुर्याकएको छ ।

ड्ड राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक योगदान दिएको छ ।
ड्ड संस्थागत जनसहभागितामा बढोत्तरी तथा दिगो विकासको आधार तयार गरेको छ । ड्ड स्थानीय स्रोतसाधनको परिचालनमा जोड दिएको छ ।

ड्ड समृद्ध अर्थव्यवस्था निर्माणमा सहयोग गरेको छ । ड्ड महिला सशक्तीकरणमा सहयोग पुगेको छ । ड्ड ग्रामीण क्षेत्रको पूँजीलाई चलायमान गराउन सहकारीले सहयोग पुर्याछएको छ ।

अन्त्यमा,
सहकारी अभियान बाट राष्ट्रिय पूँजी निर्माण हुने पक्का छ । यसरी राष्ट्रिय अर्थतन्त्रलाई अगाडी बढाउन सक्दा मात्र सहकारी अभियान मार्फत संविधानले परिलक्षित गरे वमोजिम आर्थिक समानता, विकास, समृद्धिको उदेश्य हाँसिल सकिन्छ ।

त्यसबाहेक, सहकारी मार्फत स्थानीय गाउँघरमा गरिव, बिपन्न आय भएका यूवा महिला र साना तथा घरेलु व्यवसायिको आर्थिक सबृद्धि सम्भव छ । यस प्रकारका आर्थिक गतिबिधिका कार्यहरुले दिगो आर्थिक विकास हाँसिल गर्न सकिन्छ ।

साथै, स्थानीय गाउँघरमा उपलब्ध हुने स्थानीय साधन र स्रोतको अधिकतम प्रयोग तथा परिचालन हुने सम्भावना पनि बढेर जाने निश्चित छ ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !