कर्मले कम्युनिस्ट

योगीशकृष्ण

जाडो महिना । कोसी नदीको छेउ । बिहानको मधुरो घाम लागे तापनि सिरेटोको चिसो । चारैतिर २०२५ वटा कुर्सी । पूर्व फर्काएर राखेको सानो टेबल । टेबलमाथि सानो मालासहितको किस्ती । लाग्दथ्यो कुनै कायक्रम भइरहेको छ । 

(आनन्ददेव भट्ट, फोटो स्रोतः पारिवारिक एलबम)

एक छिनपछि एक जना गोरोगोरो हँसिलो अनुहार भएको युवकलाई हाम्री कान्छी फुपूले, जसलाई  हामी गन दिदीको नामले चिन्दथ्यौँ ,माला लगाइदिनुभयो । ती युवकले फुपूलाई सिन्दूर लगाइदिनुका साथै माला पनि लगाइदिनु भयो । उपस्थित सबैले ताली बजाए । मैले पनि साथ दिएँ । त्यसपछि युवकले पाँचसात

मिनेट भाषण गर्नुभयो ।   उपस्थित सज्जन तथा महिलावृन्दबाट आरम्भ भएको भाषणमा के के भन्नुभएको थियो अरु त

मलाई खास सम्झना छैन , यो  सम्झना छउहाँले फुपूलाई सुशीला भनेर सम्बोधन गर्नुभएको थियो । त्यसै दिन मलाई थाहा भयो फुपूको अर्को नाम पनि रहेछ। 

काठमाँडौबाट राजबिराज गएको  वर्ष दिनभित्रै जस्तो लाग्छ , शायद २०२१ साल । हामी नेता चोक भन्दा पूर्वतिर बस्दथ्यौँ । ६७ वर्षको हुँदो हुँ । केही दिनदेखि घरमा चहलपहल बढेको थियो । चहलपहलकै बीचममा परिवारका सबैले एउटा तस्वीर पनि हेरेका थियौँ । निश्छल हाँसिरहेको तस्वीर । गालामा चाउरी देखिन्थ्यो । टाइफाइड भएको बेलाको फोटो(तस्वीर १) भनेर सुनेको थिएँ । यस संस्मरणमा संलग्न फोटो(फोटो १) त्यही नै हो ।  

काठमाण्डौबाट ठूलो बुबा केशवानन्द खरेल(स्व), काकाहरू गीताकृष्ण र यादव खरेल , सुशीला दिदी र काका हजुरबा रत्नप्रसाद खरेल (उहाँ स्व , टंकप्रसाद आचार्य मन्त्री मण्डलमा सहभागी हुनुहुन्थ्यो । उहाँकै पहल र नेतृत्वमा काभ्रे जिल्लाको लामीडाँडाबाट भगवती थान हुँदै ठाँटीसम्म जनश्रमबाट मात्रै २०१९ सालमा मोटरबाटो निर्माृण भएको थियो । पहिलो राष्ट्रिय पञ्चायतको अधिवेसनमा उहाँले चार घण्टासम्म  बहुदलीय व्यवस्थाको पक्षमा र ०२७ सालमा इटुमबहालमा पञ्चायती व्यवस्था विरुद्ध गरेको भाषणहरूको अझै पनि सम्झना गरिन्छ । स्व पद्मसुन्दर लावतीले अन्नपूर्णपोस्टमा प्रकाशित एउटा लेखमा राष्ट्रिय पञ्चायतभित्र उहाँलाई प्रतिपक्षीहरूको नेताको रूपमा चित्रण गर्नु भएको थियो )  

बाँयाबाट क्रमश मोहन कृष्ण खरेल आनन्द देव भट्ट र रत्नप्रसाद खरेल

अघिल्लो दिन राजबिराजबाट चतरासम्म जीपमा र त्यसपछि चतराबाट हिंडेर कन्या पक्षको हाम्रो टोली बराहक्षेत्र पुग्दा साँझ पर्न लागिसकेको थियो । भोलिपल्ट विवाह थियो । बाजागाजा पनि थिएन । विवाहस्थलमा टेबल कुर्सीहरू राखिएका थिए । बेहुलाले बेहुलीलाई सिन्दूर लगाइदिएपछि विवाह सम्पन्न भयो । त्यसपछि बेहुलाले सानो तिनो भाषण गर्नुभयो । सबैले ताली पडकाए । न पण्डित पुरेत , न कुनै तामझाम । बेहुला बेहुली दुवैको सामान्य पहिरन  । बेहुली पक्षका तर्फबाट रत्नप्रसाद खरेल ( उहाँलाई सबैले. काका भनेर सम्बोध गर्थे)ले सम्बोधन गर्नुभएको थियो  । उहाँलेअसल,भद र विद्वान छोरी ज्वाइर्भनेको सम्म सम्झना छ ।भद्रशब्द यसअघि मैले सुनेकैँ थिइँन । त्यही भएर सम्झना भएको हुनुपर्छ । यसको अर्थ मैले ठुलोबुबा केशवानन्द खरेलसँग सोधेको थिएँ ।  केही बेरपछि बेहुलासँग सबैको परिचय गराइयो । बेहुलाले मेरो हात समात्दै हाँसेर सोध्नुभयोतपाइँको नाम ?” 

जीवनमा कसैले पहिलो पटक तपाइँ भनेको सुन्दा भन त एकछिन भरङ्ग भयो । उहाँको हाँसोले मेरो मनमा रहेको सबै डर छताछुल्ल भएर कता बिलायो, बिलायो । त्यो आत्मीय हाँसोको स्पर्श  अहिले पनि म अनुभूत गर्न सक्छु । पहिलो भेटको त्यो आत्मीय स्पर्श जीवनपर्यन्त रहिरहनेछ । गुजाइ कमरेडपछि हात समातेर कुरा गर्नुहुने उहाँ दोस्रो कम्यूनिस्ट हुनुहुन्थ्यो । जीवनमा विभिन्न खाले विवाहमा सहभागी भएको छु । उन्नाइस बीस वर्षको उमेरदेखि उहाँले कलेजमा पढाउन थाल्नु भएको थियो । विवाह हुँदा उहाँ धरान कलेजमा पढाउनुहुन्थ्यो । विवाह सम्पन्न भएको केही महिनापछि जस्तो लाग्छ , उहाँलाई गिरफ्तार गरेको समाचार सुनेर बुबा धरान जानुभएको थियो । जीवनमा १०११ पटक गिरफ्तार हुनुभयो । सबै जोड्ने हो भने पाँचसात वर्ष पुग्दो हो, उहाँको जेल जीवन । ०३३ सालतिर परिवार नियोजन संघको एउटा कार्यक्रममा पोखरामा भेट भएका  के एल भुषणले उहाँको बारेमा भनेको सम्झन्छु– “साह्रै स्पष्टवक्ता । राजा महेन्द्र चितवन आउँदा उनकै सामुन्नेमाजनताको नासो जनतालाई फर्काइदिनु उचित हुन्छभनेर सल्लाह समेत दिनुभयो ।जस्तोसुकै रूपम होस् भट्ट सरसँग जोडिएर आफ्नो परिचय दिँदा आफूलाई सँधै गर्व महसुुस हुन्थ्यो । यही घटनालाई समातेर एक वरिष्ठ कम्यूनिस्ट नेताले उहाँ विरुद्ध प्रपञ्च रचेको रोचक घटना छ ।  भट्ट सर २००८०९ सालमै कम्यूनिस्ट नेताका रूपमा सुपरिचित भइसक्नु भएको थियो । ०४६ सालमा त्रीचन्द्र क्याम्पसमा उहाँले भाषण गरेपछि उहाँलाई मुद्दा लगाइयो । पंचायती व्वयस्था रहिरहेको भए उहाँलाई मृत्युदण्ड समेत हुनसक्थ्यो होला । उहाँ कार्यनीति र रणनीतिका हिसाबले एमाले पक्षधर हुनुहुन्थ्यो । धेरै पुराना कम्यूनिस्ट पार्टीका सदस्यहरूको  पुरानै सदस्यता नवीकरण गरिएको थियो । दुईजना नेता एकै ठाउँमा बसिरहेका बेला अर्का एक जना शक्तिशाली नेतालाई वास्ता नगरिएकोअपराधका कारण उहाँको सदस्यता पाउने काम अप्ठेरोमा परेको थियो । अर्का नेताले आगोमा घिउ थपिदिएउहाँले राजासँग दर्शन भेट माग्नुभएको थियो ।कलान्तरमा ती आगो थप्ने नेताले ज्ञानेन्द्रका पाउँमा दाम मात्र चढाएनन्, प्रधानमन्त्रीको जागीर पाऊँ भनेर निवेदन पनि दिए ।

पाखण्ड , षडयन्त्र, दोहोरो मापदण्ड,निजी स्वार्थी   कम्यूनिस्ट नेता र बुद्धिजीवीहरूको जमातमा उहाँको व्यक्तित्व बेग्लै थियो । उहाँसँग संगत गर्ने प्रत्येक इमान्दार  व्यक्तिले उहाँका बारेमा भन्ने कुरा  प्रा डा सुधा त्रिपाठीले यसरी व्यक्त गर्नुभएको छ ।  मैले जीवनमा यत्तिको इमान्दार, निर्भीक, निष्ठावान्, सज्जन, परहितचिन्तक, गुणग्राही, सरल, स्पष्टवक्ता, लालचविहीन,शिष्ट,सभ्य, अनुशासित अर्को व्यक्ति भेटेकै छैन (साभारः डा त्रिपाठीको फेसबुक वाल)

विवाह कुनै पनि व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो । विभिन्न खाले विवाहका प्रचलन नभएका होइनन् । राजनीति, प्रशासन, धार्मिक क्रियाकालापमा संख्यात्मक र गुणात्मक तवरले हालीमुहाली रहेको मध्यमवर्गीय ब्राम्हण परिवारको यस्तो प्रकारको विवाले विशेष अर्थ राख्छ ।  तर, पचास वर्षभन्दा अघि सम्पन्न भएको यो विवाह भने विशिष्ट यस कारणले छ कि यो विवाहका् घटनाले भने बेला बेलामा झस्काइरहन्छ । जब कुनै क्रान्तिकारी नेताले छोरीलाई करौडौँ मूल्य बराबरको दाइजो दिएको घटना सुन्छु , ठूला कम्यूनिस्ट नेताले बेहुला छोराको गलामा लाखौँको नोट राखेर बनाएको माला लगााएर नाचेको फोटो देख्छु , घरभित्र मण्डपमा कन्यादान र बाहिर प्रगतिशील विवाहका नाममा अर्को विवाह गरेको सुन्छु ,मलाई त्यो विवाहको सम्झना आइरहन्छ ।  जीवन र समाजलाई हेर्न आफूले अपनाएको  सिद्धान्तअनुरूप व्यवहार गर्ने दृढता उहाँको व्यक्तित्वको अभिन्न रह्यो, आजीवन । उहाँको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष यही लाग्छ ।

उहाँ बहुमुखी प्रतिभासम्पन्न हुुनुहुन्थ्यो । अरविन्द नेपाल लेख्नुहुन्छझर्रोवादको नजिकबाट बुझेका यिनले नेपाली भाषाको सुधार तथा सम्बर्धनमा योगदान पुर्याउँदै, साहित्यबाट नेपाल देश तथा जनताको यशकीर्ति बढाउँदै सर्वथा सार्थक जीवन बिताउँदै अन्तिम विश्रम लिए”(साभारः फेसबुुक वाल)

उहाँको साहित्यिक योगदानबारे यहाँ चर्चा गर्न न त सम्भव छ न त मेरो त्यत्रो सामथ्र्य नै । उहाँको विरामीको अवस्थाको मैले फेसबुकमा देखेँ । सरकारी खानगी खाइरहेको औपचारिक पोशाकमा ठाँटिएका विद्वानहरू फोटो थियो । अक्सिजन लगाइरहेको भट्ट सरको खाटमा अचेत अवस्थामा हुुनुहुन्थ्यो । जस्तोसुकै अवस्थामा मुस्कुराइरहने, जीवन्त व्यक्तिको त्यस अवस्थाको फोटो देख्दा कस्तो चोट पर्ला भन्ने हेक्का समेत ती विद्वानहरूले राख्न सकेनन् । उनीहरूको सोचाइ थियो होलोयति ठूलो ओहदाका हामीले अस्पतालको शैय्यामा वेहोशीको हालतमा रहेका एक साहित्यकारलाई दर्शन दिएर नेपाली साहित्यमा ठूलो योगदान पु¥यायौँ । थाहा छैन, अरुलाई कस्तो लाग्छ ? मेरा लागि  त त्यो तस्वीर अत्यन्त अमानवीय ,अश्लील, र घृणित । उनीहरू विरामी भेट्न गए । त्यसलाई समाचारकै विषय बनाएर आफ्नो कामको प्रचार गर्न प्रेस कन्फरेन्स गरे भइहाल्थ्यो । विरामीको तस्वीर किन राख्नु परेको थियो ? आकस्मिक तवरमा त्यो तस्वीर देखेर विह्वल हुनेहरूको कस्तो अवस्था होला भनेर अलिकति पनि सोच्ने सहजबुद्धि तिनमा थिएन । जुन बेला त्यो फोटो फेस बुकमा राखिएको थियो म वर्ष दिन देखि नियमित २० घण्टा अक्सिजन लिँदै आइरहेको थिएं । तीसौं वर्षदेखिको मुटुमा रक्त प्रवाह कम हुने रोगले पनि उत्तिकै च्यापेको थियो । त्यही भएर हुन सक्छ ,म बढी आक्रोशित भएको ।

उहाँले जे जति गर्नुभयो नेपाल र नेपालीका लागि गर्नुभयो । उहाँले दुईजना आफ्ना प्रतिनिधि डा निर्झरदेव  र डा सौरभदेव दिनुभएको छ, जसले विश्व समुदायलाई नै आफ्नो ठानेर स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।

म मेरा आफन्तसँग कुरा गर्दा सँधै भन्ने गर्थँ उहाँजस्तो विरल व्यक्तित्व भएको कुटुम्ब पाउनु हाम्रो सौभाग्य हो । उहाँलाई कसरी श्रद्धाञ्जली भन्नु । लाग्छ उहाँ सँगै हुनुहुन्छ , र सोध्दै हुनुहुन्छतपाईँको नाम के हो ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !