पू्र्खाकै अर्ती : बाइबल र बन्दुक !!

मोहन लामा रूम्बा

पू्र्खाकै अर्ती : बाइबल र बन्दुक !!

सन् १८१६ को युद्धमा अंग्रेज संग नेपालको पराजय भएपछि सम्झौता बमोजिम ब्रिटिस रेजिडेन्स उपत्यकामा आएर बस्न थालेका थिए।
त्यतिबेलाको गोर्खाली शासकहरु कस्तो थियो कति चलाख थियो भनेर बुझ्न फ्रान्सेली विद्वान् सिल्भा लेभी सन् १८९८ मा झन्डै १२३ वर्ष अगाडि नेपाल आएर एउटा पुस्तक फ्रान्सेली भाषामा लेखिएको थियो “Le Nepal: Etude historique d um Royaume Hindu” नामक पुस्तकमा तत्कालीन नेपालको गोर्खाली शासक कस्ता थिए कति संबेदनसिलता थिए आफ्नो धर्म संस्कृति सुरक्षाको लागि भनेर बुझ्न उनले लेखेको एक पेज पढौं !!
“सुगौली सन्धिमा हस्ताक्षर गरेपछि गोरखाहरूको शङ्का निवारण गर्न ब्रिटिस रेजिडेन्सका कामदारहरूले मात्र नेपालभित्र नेपालबारे अध्ययन गर्न पाउने प्रावधान सुगौली सन्धिमा राखिएको थियो । रेजिडेन्ट , उसको सहायक र डाक्टरहरूबाहेक अरू कुनै युरोपेलीले नेपालभित्र पस्न र बसोबास गर्न पाउँदैनथ्यो। रेजिडेन्ट समेतलाई झर्कोलाग्दो गरी समय बिताउनु पर्थ्यो। उनीहरू राजधानीबाट पर रहेको रेजिडेन्सको सीमित क्षेत्रभित्र एक कम्पनी अङ्ग्रेज सिपाहीको संरक्षणमा बस्नु पर्थ्यो। नेपाली पल्टनले रेजिडेन्सको निगरानी गर्थ्यो र दरबारको अनुमतिबिना कुनै नेपालीले रेजिडेन्टलाई भेट्न पाउँदैनथ्यो। रेजिडेन्टले नेपाल उपत्यकाभित्र घुम्न पनि नेपाली सिपाही लिएर जानु पर्थ्यो। दरबारसित रेजिडेन्टको सम्बन्ध औपचारिक अवसर र उत्सव पर्वमा मात्र हुन पाउँथ्यो। सरकारी पाहुनाबाहेक अङ्ग्रेज तथा गोरखाको मञ्जुरीमा अरू विशेष भाग्यमानी थोरै विदेशीहरूले नेपालभित्र अस्थायी रूपमा बस्ने अनुमति पाउँथे।
यस्तो अनुमति खास गरेर नेपालबारे अध्ययन गर्ने विशेषज्ञहरूलाई दिइन्थ्यो। गोरखाहरूको भनाइ थियो, ‘”व्यापारीले बाइबल ल्याउँछ , बाइबल ले बन्दुक !!
ज्ञान एउटा स्वतन्त्र विश्व हो र यसबाट लाभ सारा मानवजातिलाई नै हुन्छ भन्ने कुरामा युरोपेली शक्ति र एसियाको यो सानो राज्यको सोचाइ एकै थियो। अङ्ग्रेज , रूसी , जर्मन र फ्रान्सेलीहरूलाई नेपालमा आएर नेपालको हावापानी , राज्य व्यवस्था र धार्मिक सङ्गठनका दृष्टिले बढी संरक्षित पुराना मन्दिर एवं भवनहरूको अध्ययन तथा खोजी गर्ने अनुमति दिइएको थियो। भारतका मन्दिर तथा अन्य ऐतिहासिक सम्पदाले विभिन्न समयमा संहार तथा विनाश भोग्नु परेको थियो भने नेपालमा यस्ता वस्तुहरू बढी सुरक्षित थिए। भर्खरै छ वर्षअघिको मात्र कुरा हो , गोरखा सरकारले तराई क्षेत्रमा पुरातात्त्विक खोजी गर्ने अनुमति दिएर वैज्ञानिक अध्ययनप्रति आफ्नो चाखको प्रमाण दिएको छ र यसले गर्दा बुद्ध जन्मेको प्राचीन स्थल कपिलवस्तु पत्ता लाग्न सक्यो। सबै कुरा राम्ररी बुझी निगरानीको व्यवस्था मिलाएर मात्र विदेशीहरूलाई नेपाल आउने अनुमति दिने गरे पनि यस मामिलामा नेपाल साह्रै सतर्क थियो । गोरखा राजाहरूले आफ्नो देशलाई विदेशीहरूबाट पर राख्ने सिद्धान्त छोडेका थिएनन्। अध्ययन गर्न चाहने हरेक व्यक्तिको राम्रो छनोट हुन्थ्यो र उसले अध्ययन गर्ने विषयले ज्ञानको अभिवृद्धिमा के महत्त्व राख्छ भन्ने कुरा पनि हेरिन्थ्यो। गोरखा शासकहरू सकेसम्म निरपेक्ष रहन चाहन्थे।”
२५० वर्ष अगाडि पृथ्वीनारायण शाहले धर्म परिवर्तन गराउँदै हिंड्ने फिरंगीहरुलाई लघारेर आआफ्नो कुल धर्म थामी खानु भन्दै दिएको उपदेश १२३ वर्ष अगाडि सम्म गोर्खाली शासकहरुले अवलम्बन गर्दै आइरहेको रहेछ !कति चनाखो ? कति सचेत रहेछ ? व्यापारीले बाइबल ल्याउँछ, बाइबल ले बन्दुक !!
तर दुर्भाग्यवश तिनै पृथ्वीनारायण शाहका वंशज राजा बिरेन्द्र, राजा ज्ञानेन्द्र तिनै फिरंगीले क्रीस्चियन धर्म फैलाउन खोलेको मिसनरी सेन्ट जोसेफ

सिल्भाँ लेभी

स्कुलमा पढ्न पठाए-पढे। त्यसपछि स्वत: औंसी के हो पुर्णे के हो भुल्दै गए, आफ्नो जमीनको जरोकिलोको महत्व बुझ्न छाडे मिसनरीको सिधा उठबस दरबारको किचन सम्म पुग्न थाल्यो त्यसपछिका कथा लामा-लामा छन्।

साउँ अक्षर नचिनेको पृथ्वीनारायण शाहले यो देश खडा गर्यो अर्को कुनै विश्वविद्यालय नदेखेको राजा महेन्द्रले आधुनिक नेपालको जग बसाले तर फिरंगीको स्कुलमा उच्च शिक्षा लिएको राजा बिरेन्द्रको पालामा राजदरबार बिनास हुन पुग्यो भने राजा ज्ञानेन्द्रको पालामा आउँदा आउँदै राजतन्त्र हल्का आएको एक झोंक हावामा ढल्न पुग्यो !
फिरंगीको शिक्षाले सारा बिश्व बुझायो तर नेपाल बुझाएन मुख्य कारण यही थियो। फिरंगीले २५० वर्ष अगाडि आफ्नो पू्र्खालाई पृथ्वीनारायण शाहले गरेको अपमान सम्झिदैं बदलाको भावना लिएर बसे तर तिनै पृथ्वीनारायण शाहका वंशज हरुले पू्र्खाको यो अर्ती भुलिसकेका थिए मेरो पछाडी पटी के गर्दै छ भनेर…… !
जाँदाजाँदै…अलिकति प्रसंवस: धेरैले मलाई राजा ज्ञानेन्द्रले यसो गरेको भए उसो गरेको भए राजसंस्था जोगिन्थ्यो भनेर भन्ने गर्छन् केही केही विद्वान् मित्रहरूले पनि यसै भन्ने गरेको देख्छु कोही कोही चाहिँ रुक्मांगद कटवाललाई सरापेर धिक मार्छन कोही प्रधानसेनापति लाई………… तर यी सबै गौंण कुरा हुन्। मुख्य कुरा त नेपालमा गणतन्त्रको जग राजा बिरेन्द्रले(जान-अन्जान) राखिसकेको थियो र रानी ऐश्वर्यले मलजल गरेर हुर्काई सकेकी थिइन् त्यसको परिणाम भोग्ने पात्र राजा ज्ञानेन्द्र भएको मात्रै हो उदाहरणका लागि इन्दिरा गान्धीले हुर्काएको जल्लाद प्रभाकरणले राजीव गान्धीको बध गरेको जस्तो !!
(तस्वीर सिल्भाँ लेभी)

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !