निर्देशक सुदर्शन थापा सुप्रियासँग विवाह बन्धनमा

आजभोलि

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् ।

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पोखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए ।

सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !