तनहुँमा रु तीन करोड बराबरको खसीबोका बिक्री

आजभोलि

काठमाडौं । दमौली दसैँका लागि तनहुँबाट करिब रु तीन करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मूल्य बराबरको खसीबोका बिक्री भएका हुन् ।

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत १० वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका बिक्री गरेका हुन् । तनहुँका आठ र लमजुङका दुई गरी १० सहकारीमा आबद्ध कृषकले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका बिक्री गरेका छन् ।

दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले रु दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मा बिक्री गरेका छन् ।

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिनुभयो ।

सहकारीमार्फत् १५२ खसी बिक्री भएका छन् । घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ४३ लाख ९५ हजार ३०० को खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३०९ वटा खसी बिक्री भएको जानकारी दिए ।

घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु ५० लाख ३९ हजार ६२४ को खसी बिक्री भएको अध्यक्ष सङ्गीता रानाले बताउनुभयो । उक्त सहकारीमार्फत ३७२ खसी बिक्री भएको छ । भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु आठ लाख ७९ हजार ३९० को खसी बिक्री भएको छ ।

उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताउनुभयो । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ६३ लाख एक हजार ६४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताए । सहकारीमार्फत ३२५ खसी बिक्री भएको छ।

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु पाँच लाख चार हजार ४९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताउनुभयो । व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ९४ हजार १४६ को खसी बिक्री भएको छ ।

सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १४५ खसी बिक्री भएको जानकारी दिनुभयो । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत रु सात लाख ५८ हजार २१० को खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ ।

सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३७ लाख ४२ हजार २९० को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २४० खसी बिक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ५५ हजार ५९८ को खसी बिक्री भएको छ । उक्त सहकारीबाट १३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिए ।

सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

“दसैँतिहारलगायत अन्य बेला पनि गाउँबाटै खसी बिक्री गर्ने व्यवस्था मिलाइएको छ”, पौडेलले भने “यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ । ” बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !