सुन प्रतितोला रु एक सयले बढ्यो

आजभोलि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !