ताजा जनादेशमा जानु नै उचित : महासचिव पोखरेल

आजभोलि

काठमडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।

विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे ।

उहाँले प्रतिनिधिसभाको विघटनलाई सर्वाेच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, “तपाईँहरुले देखिरहनु भएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो ? यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस् ।”

उनले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्याण्डेट दिएको र मङ्सिरमा हुने दशौँ राष्ट्रिय महासधिवेशले नयाँ नेतृत्व निर्वाचित गर्ने जनाए ।

उहाँले आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले परामर्शमा मात्रै उम्मेदवारी तय गर्ने बताए ।

 

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !