लघु कर्जाका बिबिध पक्ष र उक्त लघु कर्जाका अन्य बिषयतग सन्दर्भ

आजभोलि

प्रविण भट्टराई

लघु कर्जाका बिबिध पक्ष र उक्त लघु कर्जाका अन्य बिषयतग सन्दर्भ
लघु वित्त कर्जा गरिव,सिमान्तकृत तथा न्युन आय भएका व्यक्ति वा व्यक्तिको समूहलाई दिनुको मुख्य उदेश्य भनेकै आर्थिक रुपमा उनीहरुलाई आत्मा निर्भर बनाउनु हो ।

व्यवसायिक पूँजी निर्माण गर्न वा कार्यशिल पूँजीको आवश्यकता पूर्ती गरी स्थानीय स्तरमा यूवा यूवतिहरुलाई साना व्यवसायी बनाई स्थानीय गाउँघरमा सानोतिनो उद्यमशिलताको विकास गर्न लघु कर्जा उपलब्ध गराइन्छ।

त्यसैले, ग्रामीण गाउँ घरमा वित्तिय सेवा सुविधाको पहुँच नभएका वा नलिएका बेरोजगार, अर्ध बेरोजगार, सिमान्तकृत जाती, जनजाती, दलित, महिला, आदिवासी र न्युन आय स्तर भएका अन्य व्यक्ति वा व्यक्तिको समूहलाई स्थानीय रुपमा कुनै पनि पेशा तथा व्यवसाय सन्चालन गर्नका लागि सानो रकमको कर्जा प्रवाह गर्नु लघु वित्त कर्जा हो ।

उक्त कर्जा प्राय पैत्रिक पेशा व्यवसाय विस्तार गर्न, पशुपालन र कृषि पेशामा आधारित व्यवसाय सन्चालन गर्न र अन्य साना तथा मझौला व्यवसाय स्थापना र सन्चानल गर्न स्थानीय यूवा वा महिला समूह र अन्य आदिवासी तथा दलित बर्गका व्यक्तिलाई उपलब्ध गराइन्छ।

तसर्थ, लघु कर्जा सुविधा भनेको मुल प्रवाहको वित्तिय सेवा सुविधाबाट बन्चित भएका स्थानीय ग्रामीण व्यक्ति,स्वरोजगार हुन चाहाने यूवा तथा महिला समूह अथवा कुनै निश्चित जाती, आदिवासी र समुदायलाई प्रतिनिधित्व गर्ने स्थानीयबासीलाई सानो मौद्रिक एकाइको रकम कर्जा बापत दिने वित्तिय कार्य हो।

परिभाषा
 त्यो वित्तिय सेवा हो । यस प्रकारको लघु वित्तिय सेवा प्राय गरेर न्युन आय श्रोत भएका व्यक्ति वा व्यक्तिको समूहलाई सानो एकाइको रकमको कर्जा प्रभाव गरी सम्पन्न गरिन्छ । जो व्यक्ति वा व्यक्तिको समूह गाउँघरमा नै स्वरोजगार हुन चाहान्छ तर मुल प्रवाहको बैकिङ सेवाबाट बन्चित छन् ।

 लघु वित्त भनेको लघु कर्जा हो । यस प्रकारको कर्जा घरगाउँका सिमान्तकृत जातजातिका यूवा, महिला वा न्युन आयश्रोत भएका व्यक्ति वा व्यक्तिको समूहलाई स्थानीय स्तरमा उनीहरुलाई सफल उद्यमि बनाउन दिने गरिन्छ ।
तसर्थ, लघु कर्जा न्युन आय भएका व्यक्ति वा व्यक्तिको समूहलाई दिने वित्तिय सेवा हो ।

जसको वित्तिय श्रोतमा सहजै पहुँच हुँदैन तर उनीहरु गाउँघरमै साना तिना कृषि र पशुपालन सँग सम्बन्धित वा दैनिक उपभोग गर्ने बस्तु तथा सेवाको खुद्रा तथा होलसेल व्यवसाय सन्चालन गर्न चाहान्छ अथवा ती आदिवासी तथा दलित समुदायका व्यक्ति जो उनीहरुको पुर्खेउली पेशा व्यवसाय गरेर ग्रामीण अर्थतन्त्रलाई मजबुद बनाउन चाहान्छन् ।

त्यसैले, यूवा, बिपन्न समूह, सिमान्तकृत तथा आदिवासी जात जातीका यूवा, महिला र आर्थिक रुपमा आत्मा निर्भर हुन चाहाने अन्य ग्रामिण व्यवसायिलाई उपलब्ध गराउने व्यवसायिक कार्यशिल पूँजी नै लघु वित्त कर्जा सुविधा हो।

छोटकरिमा
 स्थानीय गाउँ घरमा साना तथा मझौला व्यवास सन्चालन गर्न चाहिने वित्तिय कर्जा हो ।

 उक्त कर्जा स्वरोजगार हुन चाहाने, न्युन आय स्तर भएका व्यक्ति वा व्यक्तिको समूहलाई उपलब्ध गराईन्छ ।

 लघु कर्जा साना व्यवसाय सन्चालन गर्नका लागि दिइने सानो एकाइको कर्जा सुविधा हो ।

 लघु कर्जा भुक्तान गर्ने विधी सरल छ । प्राय गरेर यस प्रकारको कर्जाको किस्ता प्रत्येक महिनामा बुझाइन्छ । र मासिक किस्ता घट्दो दरमा हुन्छ ।
 बिपन्न वर्गमा पर्ने वा सिमान्तकृत वर्गमा पर्ने उद्यमि व्यवासयायी र

महिला समूहलाई उक्त कर्जा रकम प्रवाह गरिन्छ ।
 ग्रामीण अर्थतन्त्र निर्माणमा लघु कर्जा प्रभावकारी हुन सक्दछ ।
 मुलधारको बैकिङ सेवा नपुगेको ग्रामिण स्थानमा यस प्रकारको कर्जा प्रभाव गरिन्छ ।

 सानो तिनो पूजी निर्माण गरी साना तथा मझौला व्यवसायमा कार्यशिल पूँजीका निम्ति यस प्रकारको कर्जा उपयुक्त हुन्छ ।
 यस कर्जा प्राय पशु पालन, कृषिमा आधारित पेशा तथा व्यवसाय, पुर्खेउली पेशा सन्चालन गर्न र दैनिक उपभोग्य बस्तुहरुको खरिद विक्रि गर्न प्रयोग गरिन्छ ।त्यसैगरी, लघु कर्जाका मुख्य बिशेषताहरु निम्न अनुसारका छन् ।

 लघु कर्जा सामूहिक कर्जा लगानी र सँयुक्त सामूहिक दाइत्व आधारित हुन्छ।
 लघु कर्जामा सानो सानो रमकको कर्जा लगानी हुन्छ ।
 न्युन आय श्रोत भएका वा सामाजिक रुपमा पिछडिएका व्यक्ति वा उद्यमिलाई लघु कर्जा प्रवाह गरिन्छ ।
 कामको प्रकृति र कामको आवश्यकता अनुसार कर्जा उपलब्ध गराइन्छ ।
 लघु कर्जाको प्रयोग र कर्जाको भुक्तानी अवधी छोटो अवधिको लागि हुन्छ ।
 यस प्रकारको कर्जा बिना धितो पनि कर्जा उपलब्ध गराइन्छ ।
 कर्जा भुक्तानी तालिका साधारण प्रकृकितको हुन्छ ।
 मासिक किस्ता घट्दो व्याजदरमा हुन्छ ।
 आय आर्जनको लागि साना तथा मझौला व्यवसाय र व्यवसायिहरुलाई उपलब्ध गराइन्छ ।
 उक्त कर्जा खुद्रा र होलसेल तरिकाबाट माग भए अनुसार कर्जा प्रवाह गरिन्छ ।
 यस प्रकारको कर्जाको उपलब्धताले ग्रामीण अर्थतन्त्रलाई गतिशिलता दिने काम गर्दछ ।

र लघु कर्जा निम्न ग्रामीण स्थान र निम्नलाई दिन सकिन्छ ।
जस्तै,
ड्ड जहाँ मुल धारको बैकिङ सेवा सुविधा पुगेको हुँदैन ।
ड्ड गरिव जनतालाई पनि यस प्रकारको बित्तीय सेवा दिन सकिन्छ ।
ड्ड न्युन आयश्रोत भएका व्यक्ति वा समुदायका व्यक्तिलाई उक्त कर्जा प्रवाह गरिन्छ ।

ड्ड यस प्रकारको कर्जा सुविधा उपभोग गर्नेको पेशा स्थानीय गाउँठाउँको हुन्छ । जस्तै, पशु पालन, कृषि उपजहरु र दैनिक उपभोग्य समानको विक्रि वितरण गर्न।

ड्ड व्यवसायिक पेशाकर्मिहरु पनि गाउँघरकै ग्रामीण जनजीवन सँग जोडिएका हुन्छन् । ड्ड कर्जा लिनेहरु स्थानीय गाउँघरका यूवा, महिला र साना व्यवसायहरु तथा व्यवसायिहरु हुन्छन् । त्यसैगरी, लघु वित्त सेवा बिभिन्न वित्तिय सेवा सुबिधा अपनाई स्थानीयवासीलाई दिइन्छ ।

जस्तै,
ड्ड स्थानीय बासीलाई बिभिन्न प्रकारका कर्जा दिने सर्तमा ।
ड्ड व्यवसायको सामानको वीमा गरि दिने सर्तमा ।
ड्ड गाउँलेहरुको बचत गर्ने तथा निक्षेप सँकलन गर्ने सर्तमा ।
ड्ड स्थानीय व्यक्ति वा व्यवसायिको रकम ट्रासफर गरिने सर्तमा ।
ड्ड र स्थानीयबासीको रकम भुक्तानी गरिने सर्तमा बिभिन्न लघु बित्त सँस्था मार्फत बित्तिय सेवा दिने गरिन्छ ।

यति हुँदा हुँदै पनि यस प्रकारको कर्जाको व्याज दर अन्य कर्जाको भन्दा ज्यादा हुन्छ भन्ने मान्यता छ । यसरी गरिव, बिपन्न र न्युन आय भएका व्यक्ति वा व्यवासयिहरुबाट सानोतिनो व्यवसाय सन्चालन गर्नका लागि उपलब्ध गराएको कर्जाबाट अघिक व्याज असुल गर्नु अनुपयुक्त छ भनि आलोचकहरुले बताउँदै आएका छन् ।

त्यसैगरी, यस प्रकारका वित्तिय सँस्थामा सँगठनात्मक शुसासन कमजोर हुन्छ, वित्तिय साक्षरताको अभावले गर्दा कर्जाको प्रयोग र परिचालनलाई थप प्रभावकारी बनाउनु पर्ने चुनौति छ । त्यसबाहेक, लघु कर्जा लिने व्यक्ति वा व्यवसायिले अन्य धेरै ठाउँबाट कर्जा लिन सक्ने सम्भावना पनि छ ।

त्यसैगरी, त्रृणी व्यक्ति वा व्यवसायिले यस प्रकारको कर्जा सुबिधाको बारेमा पर्याप्त विषयगत जानकारी नपाउँदा वा वित्तिय सँस्थाले व्यवसायको अगुमन निश्चित समयमा प्रभाकारी रुपमा नर्गदा लघु कर्जाको प्रभावकारी प्रयोग भए नभएको बारेमा प्रश्न उठाउन सकिन्छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैकको एकिकृत निर्देशिका २०६९को बिपन्न वर्गमा प्रवाह गर्नु पर्ने कर्जा सम्बन्धी व्यवस्थाको ११ मा लघु कर्जा सम्बन्धमा उल्लेख भए अनुसार घ बर्गका लघु बित्त सँस्थाले बढीमा समूहमा आवद्ध नभएका इच्छुक स्वतन्त्र व्यक्तिलाई ६० हजारसम्म पर्याप्त धितो लिइ कर्जा दिन सकिने कुरा उल्लेख छ ।

त्यसैगरी, लघु बित्तको इतिहास क्रमलाई प्रष्टाउने हो भने नोवल शान्ति पुरस्कार बिजेता बँगलादेशी नागरिक डा। मोहमद् युनिसले सन् १९७० ताका लघु कर्जाको अवधारणलाई पहिले पटक व्यवाहामा ल्याएका हुन् । र उनले न्युन आय आर्जन भएका ग्रामीण भेगमा बस्ने स्थानीय नागरिकलाई स्थानीय स्तरमा नयाँ साना तथा मझौला व्यवसाय सन्चालन गर्नका लागि सानो रकमको कर्जा लगानी गरेका थिए ।

त्यसैले, आधुनिक लघु कर्जा दिन सुरुवाद गरेको श्रेय उनैलाई जान्छ । र हाम्रो देश नेपालमा भने आर्थिक बर्ष २०३६र२०३७ साल तिर कृषि विकास बैकबाट साना किसान विकास परियोजना सन्चालन गरी लघु कर्जा लगानी सुरु गरिएको थियो ।

अहिले सामान्यता न्युन आय भएका ग्रामीण स्तरमा लघु बित्त सँस्थाले लघु कर्जा प्रवाह गर्दा राष्ट्रिय स्तरका बाणिज्य बैकबाट कर्जा स्वरुप बित्तिय सहयोग लिइ न्युन आय भएका महिला समूह, व्यक्ति व्यवासायी वा यूवा उद्यमि समूहलाई खुद्रा वा होलसेल इकाइमा कर्जा प्रवाह गर्ने गरिन्छ । र हाल नेपालमा करिव ९० बटा घ बर्गका लघु वित्त सँस्थाहरु सन्चालनमा छन् । ती घ बर्गका वित्तिय सँस्थाहरुले गाउँपालिका स्तरका ग्रामीण भूभागमा साखामार्फत वित्तिय सेवा दिइरहेका छन् । र अधिराज्य भरी करिव ४५ बटा राष्ट्रिय स्तरका लघु वित्त सँस्थाहरु छन् ।

ती लघु बित्तले बाणिज्य बैकहरु सँग सहकार्य गरी नियमित व्यवसायिक काम गरिरहेका छन् । र ती वित्तिय सँस्थाहरुले देशका दुर दराजका गाउँ घरमा आफ्नो बित्तिय तथा बैकिँङ सेवा आम सर्वसाधारण नागरिकलाई दिइरहेका छन् । लघु कर्जाका लक्षित वर्ग र समुदायहरु निम्न अनुसारका छन् ।

जस्तै,
ड्ड एकल व्यक्ति वा व्यक्तिहरुको समूह ।
ड्ड सिमान्तकृत वर्गमा पर्ने उद्यमि व्यवासयायी ।
ड्ड महिला समूह ।
ड्ड शिक्षित यूवा तथा व्यवसायिक व्यक्ति ।
ड्ड बैदेशिक रोजगारी गरी फर्केका यूवा ।
ड्ड प्रविधिक शिक्षाको ज्ञान हाँसिल गरेका यूवा ।
ड्ड भूकम्प तथा अन्य दैवी बिपत्तिबाट सताइएका समुदाय ।
ड्ड आदिवासी र दलित समुदायका व्यक्ति ।
ड्ड न्युन आय श्रोत भएका रोजगारको अपेक्षा गर्ने व्यक्ति ।

त्यसैगरी, लघु कर्जाका उदेश्य निम्न अनुसारका छन् ।
जस्तै,
ड्ड बैकिङ तथा वित्तिय सेवा न्युन आय स्तर भएका समुदाय, ग्रामीण महिला र सिमान्तकृत तथा आदिवासी वर्गमा पर्ने व्यक्तिलाई उच्च प्राथमिकता दिने ।
ड्ड ग्रामीण अर्थतन्त्र निर्माणका लागि गाउँ घरका पैत्रिक पेशा व्यवसायको विस्तार गर्नु हो ।

ड्ड स्थानीय स्तरमा गरिवी र बेरोजगारी समस्याको लागि साना तिना व्यवसायिक कामहरु गर्नु । ड्ड स्थानीय श्रोत साधनको प्रयोग र परिचालनमा उच्च जोड दिनु । ड्ड गाउँ घरमा बस्तु तथा सेवाको उत्पादन,खरिद विक्रि गरी गाउँघरमा आर्थिक गतिशिलता बढाउनु हो ।
र लघु कर्जाका महत्व निम्न प्रकारका छन् ।

जस्तै,
ड्ड लघु कर्जाले व्यक्तिलाई व्यवसायि बनाउने काम गर्दछ जसले कुनै निश्चित स्थानीय गाउँघरमा जनताको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका लेख्छ ।

ड्ड विना धितो कर्जा प्रवाह हुने हुँदा व्यवसायिहरुले घरगाउँमा नै व्यवसाय गर्ने वातावरण तयार हुन्छ । ड्ड यस प्रकारको वित्तिय सहयोगले ग्रामिण स्तरमा भएको गरिवी, वेरोजगारी समस्याको अन्त्य हुन्छ जसले गर्दा निश्चित समुदायको सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।
ड्ड स्थानीय साधान श्रोतको उचतम् प्रयोग हुन सक्छ।
ड्ड स्थानीय गाउँघरमा रोजगारिको अवसरको श्रृजना हुन्छ।
ड्ड पुराना पेशामा आश्रित व्यवसायिले नयाँ व्यवसायिक अवसर पाउन सक्छन्।

र सामान्यता लघु कर्जा निम्न कर्जा शीर्षकमा दिने गरिन्छ ।
जस्तै,
ड्ड सामूहिक जमानी लघु कर्जा र व्यवसायिक लघु कर्जा ।
ड्ड मौसमी लघु कर्जा र अपातकालिन लघु कर्जा ।
ड्ड लघु सौर्य उर्जा कर्जा र शैक्षिक कर्जा ।
ड्ड लघु घर निर्माण कर्जा र सजिलो व्यवसायिक कर्जा ।
ड्ड घरायसी कर्जा सुविधा र हाईड्रोपाउन सेयर कर्जा ।
ड्ड साना तथा मझौला व्यवसायिक कर्जा वा लघु उद्मशिल व्यवसायिक कर्जा ।
ड्ड बैदेशिक स्वारोजगार कर्जा ।

त्यसैले, लघु वित्त कर्जा सुविधाले न्युन आय श्रोत भएका परिवारको पारिवारिक आम्दानी बढाउन सहयोग गर्दछ । जसले गर्दा ती परिवारमा खाद्य सुरक्षा हुन पुग्छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य र सुचना तथा सन्चार जस्ता जनसरोकारको बिषयमा उनीहरुको सहज पुहँच पुग्न पक्का छ ।

साथै, स्थानीय स्तरमा बिभिन्न प्रकारका स्थानीय निकायहरु सँगठित हुन पुग्नेछन् । र उनीहरुको सामाजिक र आर्थिक अवस्थामा निश्चय नै सुधार आउने छ । किनभने लघु कर्जा सुविधाले स्थानीय स्तरमा मुख्य गरी कृषि पेशामा आधारित व्यवसाय सन्चालन गर्न र साना तथा मझौला उद्यम सन्चालन गर्न थप पूँजीको श्रृजना गर्दछ जसले थोरै आय श्रोत भएका परिवारका सदस्यलाई लघु कर्जा सुविधा थप उपयोगी हुन्छ ।

त्यसैले लघु कर्जा सुविधा पाउने समूह भनेको जसको न्युन आर्थिक अवस्था छ वा जुन समूह मुलधारको बैकिङ सुविधाबाट बन्चित छन् वा जसको नियमित रुपमा गाउँघरमा आय आर्जन हुन सक्दैन त्यस्ता व्यक्ति, व्यक्तिको समूह वा उद्यमि व्यवसायिलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउनु हो ।

यस ढँगको कार्यले स्थानीय सर्वधारण सानो तिनो आय आर्जनको काममा लाग्न सकुन् । जस्तै, बाँसबाट नाँङला डाला बनाउने उद्यममा वा घरेलु हातहतियार बनाउने तथा उद्याउने कार्यमा वा पशुपालन व्यवसायमा वा नर्सरी सन्चालनमा वा धान चामल तथा तेल पिसानी कुटाउनी पेशा व्यवसायमा र अन्य घरेलु साना तिना व्यापार व्यवसाय गर्न सकुन् ।

तसर्थ, लघु कर्जाको महत्व निम्न प्रकारका छन् ।
जस्तै,
ड्ड लघु कर्जा सुविधाले गर्दा व्यक्तिहरु आर्थिक रुपमा आत्मा निर्भर हुन सक्छन् ।
ड्ड साना तथा घरेलु व्यवसाय सन्चालन गर्न उद्यमि व्यवसायिहरु सफल हुन्छन् ।

ड्ड महिला, यूवा बेरोजार समूह र सामाजिक रुपमा बिहस्करणमा परेका समुदायको आर्थिक अवस्थामा सुधार आउँछ ।
ड्ड नयाँ नयाँ ग्रामीण भेगमा आधारित साना तथा मझौला व्यवसायलाई ग्रामीण गाउँघरबाट सन्चालन गर्न सकिन्छ ।

ड्ड लघु बित्त कर्जा को उच्चतम् प्रयोग गर्दै ग्रामीण अर्थतन्त्रमा सुधार गरी ग्रामीण विकासमा योगदान पुर्याउन सकिन्छ । ड्ड नयाँ रोजगारिमा गाउँलेहरुलाई सँलग्न गराउँदै गाउँघरको गरिवि र बेरोजारी समस्याको समाधान गर्न सकिन्छ ।

ड्ड स्थानीय साधन श्रोतको उपयुकत ढँगले प्रयोग र परिचालन गर्दै स्थानीय गाउँघरको पर्यावरणिय व्यवस्थापनमा रचनात्मक काम गर्न सकिन्छ ।
ड्ड स्थानीयबासीलाई बिभिन्न प्रकारका आर्थिक कृयाकलापमा सँलग्न गराउन सकिन्छ ।

ड्ड महिला, आदिवासी र सिमान्तकृत समूहमा पर्ने व्यक्तिलाई आर्थिक रुपमा सम्पन्न गराउन सकिन्छ । ड्ड सँकलन, उत्पादन, खरिद, बजारीकरणको बारेमा स्थानीय व्यक्तिलाई सुचित गर्न सकिन्छ । यसैगरी, लघु कर्जा निम्न कार्यका लागि निम्न व्यक्ति वा व्यक्तिको समूहलाई दिने गरिन्छ ।

जस्तै,
ड्ड यूवा उद्यमिलाई जो साना तथा मझौला व्यवसाय सन्चालन गर्न चाहान्छन्
ड्ड पुशपालक तथा कृषक जो पशुपालन र कृषि सँग सम्बन्धित व्यवसाय गर्न खोज्छन् । ड्ड शिक्षित यूवा व्यवसायि जो प्रविधिक शिक्षा हाँसिल गरी गाउँघरमा व्यवसाय गर्न उत्सुक छन् ।

ड्ड स्थानीय महिला समूह जो सानो तिनो पेशा व्यवसाय गर्दछन् ।
ड्ड दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरु जो पुर्खेउलि पेशा व्यवसायलाई आधुनिक रुपमा सन्चालन गर्न चाहान्छन् ।

ड्ड ती व्यक्ति तथा समुदायका सदस्यहरु जो न्युन आयका छन् ।
ड्ड बैदेशिक रोजगारीमा गइ फर्केका तर गाउँघरमा नै कुनै व्यवसाय सन्चालन गर्न चाहान्छ । त्यसैले,लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तिय सेवा हो ।

जुन वित्तिय व्यवहारले ग्रामीण अर्थतन्त्र निर्माणमा योगदान पुर्याउँछ ।
र लघुवित्त अन्तर्गत निम्नलिखित वित्तिय सेवा समाविष्ट हुन्छन् ।

ड्ड लघु कर्जा
ड्ड लघु सापटी
ड्ड लघु बीमा
ड्ड बचत
ड्ड पैसा हस्तान्तरण

त्यसैले,लघुवित्त सेवामा गरिबहरूलाई आवश्यकता अनुसार लघु कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत वित्त सेवा उपलब्ध गराउनु हो । किनभने लघुवित्त कर्जा प्रवाह मुख्य गरी यूवा, गरिब, महिला, न्युन आर्थिक अवस्था भएका दलित, आदिवासी र सिमान्तकृत वर्ग प्रति लक्षित हुन्छ ।

नेपाल सरकारले गरिब तथा महिलाप्रति लक्षित वित्तिय सेवा दिने लक्ष्यका गरिब तथा महिलाहरूलाई लक्षित गरी लघु कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सन् १९९० देखि सन् २००० बिचमा ग्रामीण ढाँचामा सन्चालित हुन सक्ने गरी ५ बटै विकास क्षेत्रमा एउटा एउटा क्षेत्रीय विकास बैङ्कको स्थापना गर्यो ।

र यी क्षेत्रीय विकास बैङ्कहरूलाई निजीकरण गरेर ती क्षेत्रीय विकास बैकलाई नै घ वर्गका लघुबित्त विकास बैकमा कानुनी रुपमा लैजाने निर्णय गर्यो । अहिले सातै प्रदेशका ग्रामीण क्षेत्रमा लघु बित्त सँस्थाहरु सन्चालित छन् ।

त्यसैले, न्यून आय भएका व्यक्ति र उनीहरुबाट सञ्चालित लघु व्यवसायलाई दृष्टिगत गरी प्रवन्ध गरिएको बित्त व्यवस्था नै लघु वित्त हो । लघु बित्त कर्जा सुबिधाले गाउँघरमा उपयुक्त हुने पेशा व्यवसाय सन्चालन गर्ने वातावरण तयार गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक अवस्थालाई सुदृढ बनाउनु हो ।

तसर्थ, लघुवित्त भन्नाले लघु बचत, लघु कर्जा बीमा र लघुकर्जा सुरक्षण तथा बिप्रेशण जस्ता माध्यमबाट बिपन्न र न्युन आय भएका व्यक्ति वा व्यक्तिको समूहलाई गाउँघरमा नै स्वरोजगारका अवसरहरु दिइ उनीहरुको ग्रामीण बस्तिमा उद्यमशिलताको विकास गर्ने वित्तिय कार्य हो ।

जसका लागि वित्तिय साक्षरताका प्याकेज गाउँघरमा लैजानु आवश्यक छ ।
लघु वित्त कर्जालाई ग्रामीण भूभागमा न्युन आय स्तरमा भएका यूवा, महिला र अन्य गाउँले उद्यमि व्यवासायी बिच लैजान मुख्य गरी नेपाल सरकार,नेपाल राष्ट्र बैंकले बिभिन्न प्रकारका नीतिगत वित्तिय तथा बैकिङ नियम कानुन र कार्य उन्मुख अवधारणाहरु छन् ।

जस्तै,
ड्ड राष्ट्रीय लघुवित्त निति २०६४
ड्ड प्रदेश संरचनामा लघुवित्तको पहुच २०७५
त्यसैगरी, अधिराज्य भरी रहेका लघु बित्त सँस्थाले ग्रामीण जनताको आर्थिक अवस्थालाई सुधार गर्न निम्न प्रकारका वित्तिय सेवाहरु दिने गर्दछ ।
ड्ड लघुवित्त सँस्थाको लगानी यूवा महिलाको आर्थिक अवस्था सुधार गर्नका लागि हुन्छ ।

ड्ड आदिवासी, जनजाती, दलित र सिमान्तकृत वर्गमा पर्ने व्यक्ति वा समुदायको लागि लघु कर्जा स्थानीय स्तरमा आर्थिक व्यवहारको लागि साहायक सिद्ध हुन्छ । ड्ड लघु वित्त सँस्थाले साना तथा मझौला व्यवसायमा धितो बिना सरल ब्याजदरमा कर्जा प्रावह गर्छन् ।

ड्ड निक्षेप र कर्जाबाट देखिएको अस्वाभाविक नाफालाई व्यवस्थित गर्दै ग्रामीण उद्यमशिलता विकासको लागि विभिन्न कार्य गर्दछन् ।
ड्ड लघुवित्त सँस्थामा आन्तरिक सुशासनको पालना गर्दै गराउँदै वित्तिय साक्षरताको कार्यक्रमहरु लघु बित्त सँस्था मार्फत ग्रामीण क्षेत्रमा हुने गरेका छन्।

ड्ड ग्रामीण विकासमा लघुवित्त सँस्थाको भूमिका ज्यादा छ किनभने सामाजिक र आर्थिक विकासमा लघु कर्जा सुविधा उपयुक्त हुनसक्छ । नेपालको ग्रामीण आर्थिक विकासमा लघुवित्त सँस्थाको विशेष योगदान छ । किनभने ग्रामीण स्तरमा वित्तिय पहुंचमा अभिवृद्धि गर्न, महिला सशक्तिकरण गर्न, बिपन्न वर्गमा बैंकिङ बानीको विकास गर्न लघुवित्त सँस्थाले गरेको योगदान उच्च छ ।

सबैभन्दा महत्वपूर्ण कुरा बिपन्न वर्गसँग पनि बैंकिङ कारोबार हुनसक्छ भन्ने कुरा प्रमाणित गरी बिपन्न वर्गलाई औपचारिक रुपमा वित्तीय पद्धतिमा सँलग्न गराउन लघुवित्त सँस्थाहरुको उलेख्यिय भूमिका छ ।

तर, हाम्रो देशमा यसको पुर्ण कार्यान्वयनमा निम्न प्रकारका चुनौतिहरु छन् ।
जस्तै,
 बिकट भौगोलिक अबस्था र वित्तीय साक्षरतामा कमी।
 उच्च प्रशासनिक लागत र राजनैतिक अस्थिरता ।
 भौतिक पूर्वाधारको कमी र प्रविधिको न्यून प्रयोग।
 कर्जामा दोहोरोपना ।

तर, गरिब समूहको आर्थिक स्तर उकास्नु, लैंगिक अन्तर कम गर्नु, महिला सशक्तीकरणलाई प्रवर्द्धर्न गर्नु र आय असमानता कम गर्नु लघुवित्त सेवा साहायक सिद्ध भएका छन् । किनभने लघु वित्त अन्तर्गत लघुकर्जा, लघु सापटी, लघु बीमा, बचत र पैसा हस्तान्तरणजस्ता वित्तीय सेवा ग्रामिण जनताले पाउन सकेका छन् । त्यसैगरी, यूवा र महिलाको सामाजिक तथा आर्थिक क्षमता अभिवृद्धि गर्न पनि स्थानीय गाउँठाउँमा लघुवित्त सँस्थाका वित्तिय सेवाहरु साहायक सिद्ध भएका छन् ।

त्यसैगरी, लघु कर्जा सुविधा मुख्यगरी निम्न प्रयोजनको लागि खुद्रा र होलसेल गरी दुई तरिकाले उपलब्ध हुने गर्दछन् ।
जस्तै,
ड्ड वित्तीय सेवा गरिब तथा विपन्नमा केन्द्रित हुनुपर्छ ।
ड्ड सानो एकाइको वित्तीय सेवा उपलब्ध गराउनु पर्छ ।
ड्ड बिनाधितो ऋण सुविधा दिनुपर्ने ।

ड्ड लघुबित्त कर्जा सुविधा गरिबमैत्री पद्धतिमा आधारित हुनुपर्दछ ।
ड्ड लघु बित्त सेवा ग्रामीण घरदैलो सेवामा आधारित हुनुपर्दछ ।
ड्ड लघु कर्जा सुविधा ग्रामीण विकास र ग्रामिण अर्थतन्त्र निर्माणमा आधारित हुन्छ । समग्रमा लघुकर्जा सुविधा कुनै निश्चित समूदयाको आर्थिक तथा सामाजिक जीवन स्तर माथि उकास्ने किसिमको हुनुपर्दछ ।

निष्कर्ष स्
लघुवित्त सँस्थाका सेवाहरु स्थानीय वासीलाई उपयुक्त ढँगको रोजगारीका अवसर दिई जनताको गरिवी न्युनिकरण गर्न केन्द्रित हुनुपर्दछ । त्यसैगरी, आर्थिक तथा सामाजिक रुपमा बिपन्न र न्युन आय भएका व्यक्ति र समुदायलाई लक्षित गरी सम्पुर्ण वित्तिय सेवाका कार्यक्रमहरु सन्चालन गर्नुपर्दछ ।

यस उदेश्य प्राप्तिको लागि ग्रामीण क्षेत्रसम्म सम्पूर्ण वित्तिय सेवाहरुलाई थप बिस्तार गर्दै लैजानु पर्दछ । र लघुवित्त सञ्जाललाई गाउँघरमा प्रभावकारी बनाउनु आवश्यक छ । यसरी नै सम्पुर्ण लघुवित्त सँस्थाले दिने लघुवित्त सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

र यसका लागि राज्य एँवम् नियमनकारी निकायको भूमिका महत्वपूर्ण हुन्छ ।
यस्तैगरी, लघुवित्त सँस्थालाई थप व्यवस्थित बनाइ वित्तिय सेवालाई ग्राहाकमुखी बनाउने हो भने अपेक्षित उदेश्य हाँसिल गर्न सकिन्छ । यसका लागि लघुबित्त सेवा प्रभावकारी हुनुपर्दछ र कर्जा सूचना प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

साथै, आम सर्वसाधारणलाई लघु कर्जा सम्बन्धमा वित्तिय शिक्षा दिनुपर्दछ । वित्तिय शिक्षाले त्रृण कसरी प्राप्त गर्ने, बचत कसरी गर्ने, त्रृणको सदुपयोग कसरी गर्ने, कुन क्षेत्रमा कर्जा लगानी गर्ने, आय आर्जन कसरी गर्ने, त्रृण भुक्तानी कसरी गर्ने, जोखिम कसरी कम गर्ने र स्थानीय स्तरमा लघु उद्यम के कसरी गर्ने भन्ने बारेमा वित्तिय ज्ञान पाउन सक्छन् ।

तर, लघु वित्त सेवाको सन्जाललाई सामाजिक आर्थिक र भौगोलिक रुपले पछाडी परेका समूदायको सामाजिक र आर्थिक अवस्था सुधार गर्न ध्यान दिनु आवश्यक छ । तर पनि लघुकर्जा प्रवाह गर्दा निम्न प्रकारका समस्याहरु आउन सक्छन् ।

जस्तै,
ड्ड सँस्थागत शुसाशनको अभाव र राजनीतिक अस्थिरता छ ।
ड्ड कर्जामा दोहोरो पन र उच्च व्याजदर छ ।
ड्ड सेवा विस्तार सोचे अनुरुप हुन सकेको छैन ।
ड्ड ग्रामीण अर्थतन्त्र निर्माणमा गतिशील अर्थतन्त्रको अभाव ।

ड्ड नीतिनियम र कानूनहरूको समयानुकूल परिवर्तनको समस्या ।
ड्ड अस्वस्थ प्रतिस्पर्धा र सूचना व्यवस्थापनमा चुनौती ।
ड्ड न्यून आर्थिक वृद्धि र बढ्दो बेरोजगारी समस्या ।
ड्ड तरलता व्यवस्थापनमा समस्या र अनुगमन र मुल्याङकनमा कठिनाई ।तसर्थ, लघु कर्जालाई प्रभावकारी बनाउने हो भने निम्न प्रकारका कामहरु गर्नु पर्दछ ।

जस्तै,
ड्ड आम सर्वसाधारणमा वित्तीय साक्षरताको आवश्कयता छ ।
ड्ड स्थानीयमा व्यावसायिकता र स्वरोजगारीताको विकास हुनुपर्दछ ।
ड्ड सँस्थागत सुधार हुनु पर्दछ । ड्ड कर्मचारी, सँस्था र ग्राहकहरु बीच सुमधुर सम्बन्ध हुनुपर्दछ ।

ड्ड कर्जा रकमको प्रयोगको मुल्याँकन र व्यवसाय नियमित अनुगमन कार्यक्रम सन्चालन गर्नुपर्दछ ।
ड्ड कर्जाको प्रयोग गर्ने व्यक्ति वा व्यवसायीलाई छुट तथा अन्य सौलियत पुर्ण सेवा सुविधा दिनु पर्दछ ।

ड्ड सम्बन्धित कर्जाको बारेमा सम्पुर्ण जानकारी सरल तरिकाले दिनुपर्दछ ।
ड्ड ग्राहक पहिचान सम्बन्धी कागजात समयमा नै अद्यावधिक गर्नु पर्दछ ।
ड्ड नीति नियम र निर्देशनको सीमाभित्र रहेर काम गर्ने ।
ड्ड ग्राहकको गुनासो सुनुवाइ पनि सुन्नसक्नु पर्दछ ।

ड्ड ग्रामीण विकास र ग्रामीण अर्थतन्त्र सुधार केन्द्रित भएर लगानी गर्नु पर्दछ ।
अत, गरिवी र बेरोजगारी हाम्रा ग्रामीण समाजका प्रमुख बिशेषता हुन् । ती प्रमुख बिशेषतालाई परास्त गर्न लघुकर्जाको उपयुक्त लगानी हुनपर्दछ त्यसबाहेक, लघु बित्तमा अहिले दक्ष जनशक्ति र सुदृढ वित्तिय व्यवस्थाको आवश्यकता छ ।

यदि यसो भयो भने मात्र लघु वित्त सँस्था मार्फत लघु कर्जाको सानो पूँजीको वित्तिय कारोवारले लक्षित व्यक्ति वा व्यक्तिको समूह वा व्यवसायिक व्यक्ति वा उद्यमिको आर्थिक स्थितिमा सुधार भई निश्चित रुपमा उनीहरुको सामाजिक तथा आर्थिक अवस्थामा पनि प्रष्ट सुधार आउने पक्का छ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !