काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । उक्त यात्रुवहाक बसमा ५०÷६० जना यात्रु रहेको जनाइएको छ । दूर्घटनाबाट सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।