हकिवका परिवारलाई क्षतिपूर्ति सिफारिस

आजभोलि

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरातमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका–५ का मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ । बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सद्भाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

मृतक परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन् । बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसीका अध्यक्ष अयुव अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहता सहभागिता थियो ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !