वर्षा र बाढीले धनजनको ठूलो क्षति हुँदा कांग्रेस नेता साउँद चिन्तित

आजभोलि

काठमाडौं । तीन दिनदेखिको अविरल बेमौसी वर्षाका कारण आएको बाढीले धनजनको ठूलो क्षति पु-याएपछि नेपाली कांग्रेसका नेता एनपी साउँद चिन्तित बनेका छन्।

बाढीपीडितलाई तुरुन्त उद्धार र राहतमा खटिन सम्बन्धित पक्षलाई नेता साउँदले ध्यानाकर्षण समेत गराएका छन्। गृह जिल्ला कञ्चनपुर रहेका नेता साउँदले सुदूरपश्चिम र देशभरि भएको अविरल बेमौसमी वर्षाका कारण व्यापक रुपमा धनजनको क्षति भएको उल्लेख गरेका हुन्।

साउँदले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बिहान महाकाली नदी र अन्य प्रमुख नदीहरुको जलस्तर खतराभन्दा माथि पुगेको उल्लेख गर्दै सरकार, प्रशासन र अन्य सम्बन्धित निकायमा उद्धार, राहत, क्षतिपूर्ति र पुनर्निर्माणका लागि आग्रह गरेका छन्।

महाकाली पारीको दोधारा चाँदनीमा बाढीको थप जोखिम बढेकोसमेत उनले जनाएका छन्। किसानले प्रमुख अन्नबाली धान भित्र्याउने बेला भएको यो संकटले अन्य अन्नबालीमा पनि क्षति पुग्न गएको र निरन्तरको वर्षाले बाढीको थप जोखिम रहेको उनले जनाएका छन्।

यतिबेला महाकाली नदीले सतर्कता तहको सीमा नाघिसकेको बताइएको छ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !