एउटा मुसाको आत्मकथा

नयाँ आवासमा दोस्रो दिन

योगीशकृष्ण

रातभरि पेटमा केही परेको थिएन । भोकले रन्थनिएर म खानेकुरा खोज्दै थिएँ । भान्साघरको पछिल्तिर फोहरको डब्गुर थियो । त्याहाँ मनग्गे खानेकुरा थियो । खाँदा खाँदै छ्यास कसैले मेरो नाम लिए जस्तो लाग्यो । ढोकाको कापबाट हेरेँ –अफिसको क्याटिन रहेछ । कर्मचारीहरू खाजा खान आएका रहेछन् । ”

गोरो गोरो वर्णको मानिसले भृकुटी खुम्च्याउँदै सोध्यो “ के भो रे, के भो ?मैले बुझिन ।” ।।।
निरीहजस्तो देखिने एक जना दुब्लो युवाले डराएजस्तो आवाजमा भन्यो“सर, मेरो कोठाको कम्यूटरको तार काटिएको रहेछ । ”

“तार काटियो रे ? कसले काट्यो ?”

उसले डराउँदै जबाफ दियो “हेर्दा मुसाले काटेको जस्तो देखिन्छ । ”

“तपाइँलाई कसरी थाहा भयो कि मुसाले नै काटेको हो ? तपाइँ आफैले पनि काटेको हुन सक्छ । अरु कसलै काटिदिएको हनु सक्छ ।”

“मैले कसरी काट्न सक्छु ? मेरो दाँत त्यतिसारो तीखो छैन । अर्को कुरा त्यस्तो कुनामा मैले त के कसलै पनि दाँतले काट्नै सक्दिन । करेन्ट लागिहाल्छ नि । कोठाको साँचो गार्डसँग हुन्छ , अरु केही पस्ने संभावना नै छैन । तार नजोडिन्जेल मेरो काम त अडकिने भयो ।” गोरेले भन्यो “ ठिक छ , मेमो लेखेर दिनू न । म हेर्छु । यहाँ खडेखडे चलते चलाते प्रशासनिक काम त हुन्न नि । नियम प्रक्रिया पु्र्याउनु परेन । साथीहरूलाई कति सम्झाउने मैले ? सम्झाउँदा सम्झाउँदा दिमाग खराब भइसक्यो । ”
पहिलोले मेमो लेखेर ल्याइसकेको रहेछ । खल्तीबाट निकालेर दिँदै भन्यो “चाँडै गरिदिनुप¥यो , मेरो त काम अडकिन्छ । ”

गोरे थचक्क बस्यो ”हुँदा हुँदा मुसाले समेत दिमाग खराब गराउन थाल्यो । ” यति भनेर उसले सहानुभूति पाउन दायाँ बायाँतिर हे¥यो । खाजा खाइरहेको एक जनालाई उसले सोध्यो “मुसाको समस्या समाधान कसरी गर्ने होला ?

“यहाँको समस्या त केही होइन । मलाई त अर्कै डर लागिरहेको छ ।”

गोरे जुरुक्क उठ्यो “कस्तो डर ? ”

“हामीकहाँ जिल्ला जिल्लाका ।।।फस्टह्यान्ड रिपोर्ट’ हरू छन् । तिनको ।।।डाटा’ कम्यूटरमा भए पनि ।।।हार्डकपी’ त प्रमाणको रूपमा राखिराख्नु पर्छ । किनभने हाम्रा तथ्याब्क संसारभरि प्रयोग हुन्छ । भविष्यमा कुनै विवरणमाथि प्रश्न उठ्दा ।।।हार्डकपी’ देखाउन सकेनौँ भने हाम्रो विश्वसनीयता गुम्छ । यस्तो हुनु भनेको हाम्रो बीसाँै वर्षको मेहनत र लगानी खरानी त हुन्छ नै , यस्तो तथ्याब्क संसारमै कतै छैन । भन्नुस् त , विश्वलाई नै कत्रो घाटा हुन्छ ।”

गोरेले थचक्क बसेर पुर्पुरो समात्यो “ओह माइ गड , यस्तो कुरा त मेरो दिमाग मै आएन । अब के गर्ने होला ? ”
“ हेर्नूस्, अर्को एक प्रति त क्षेत्रीय कार्यालयमा हुन्छ । कथंकदाचित् त्याँहा पनि मुसाले काटिदिए भने के गर्ने ? यो समस्या पाँचैओटा क्षेत्रीय कार्यालयमा पनिे हुनसक्छ । त्यसमा ध्यान पु¥याउनु पर्छ होला जस्तो लाग्छ ।

गोरेको कुराकानीबाट सहजै अनुमान गर्न सकिन्थ्यो– ऊ प्रशासन हेर्ने कर्मचारी रहेछ । उसले हत्त न पत्त फोन ग¥यो “ सर , त्यताको अफिसमा मुसा आउँछ कि आउँदैन ? यहाँ केन्द्रमा मुसाले बबाल आपत् पारिसक्यो यार् । मेरो त दिमागले काम गर्न छाडिसक्यो ? खोइ, कसरी पार पाउने हो ?”

उताबाट के भन्यो , मैले सुनिँन । उताको मानिससगँ गोरेको राम्रो सम्बन्ध रहेको कुरा भने उसको मीठो बोलीले अनुमान गर्न सकिन्थ्यो । उसले झर्किए जसरी जबाफ दियो “ अरे यार , म मात्रै के के हेरूँ ? के के मात्र गरूँ , भन्नूस् त यार । तपाईँको कार्यालय सहयोगीलाई दिनूस् .त ?”

सहायोगीसँग कुरा गर्दा उसको भाषा नै उल्टियो “ के हेरेर बस्नुहुन्छ तपाइँ ? त्याहाँको अफिसमा मुसा आउँछ कि आउँदैन ? आउने गरेको छ भने तपाइँले मलाई जानकारी किन गराउनु भएन ? ल ठिक छ , मलाई गराउनु भएन अरे । त्याहाँ आफ्नो हाकिमलाई जानकारी गराउनु पर्दैन ? मुसाले त्याहाँको कागजपत्र काटिदिए भने के हुन्छ ?कत्रो समस्या आउँछ भन्ने कुरा तपाईको दिमागले सोच्न पनि भ्याउनु हुन्न । यसरी जागीर खाइन्छ ? आफूलाई सुधार गर्नुहोस् ।”

एताबाट के भन्यो कुन्नि , गोरेले अघि समस्या उठाउने मानिसतिर हे¥यो । उसले दिएको सुझाव उसले कार्यालय सहयोगीलाई सुनायो “ अबदेखि दिनको दुई पटक सब कोठामा भ्याुकम क्लिनरले सफा गर्ने होइन, कुचो लगाउने । कुचो लगाउँदा मुसाको े लिँड देखिन्छ कि देखिन्न ? मलाई तुरुन्त जानकारी दिने । ल छाडिदिनूस् , म आफै सँधै बिहान बिहान बिहान फोन गर्छु । यसो पनि गर्नुस् , तपाइँको फोनमा क्यामेरा पनि होला । नभए अफिसको क्यामेराबाट मुसाको लिँडको फोटो खिचेर पठाउनूस् । मुसाको साइज र सँख्या अनुमान गर्न सकिन्छ ।”

त्यसैगरी उसले अरु चारओटा क्षेत्रीय कार्यालयमा पनि फोन गर्यो । यति गर्दा नगर्दा ऊ थाकिसकेको थियो । खुइ्य गर्दै उसले क्यान्टिनकी साहुनीतिर हेरेर भन्यो “ के खाजा खानू ? टेन्सनले दिमाग फुट्ने बेला भइसक्यो ।”

साहुनीले सहानुभूतिपूर्वक भनी “सर, एकछिन रेस्ट गरिबक्सियोस् । म फ्रेस बनाएर ल्याउँछु नि त , भनिस्योस् त , चिकन कि मटन ?”

उसले के भन्यो मैले सुनिँन । अरु कर्मचारी भने मुसुमुसु हाँसिरहेका थिए । एक जनाले मसिनो स्वरमा भन्यो “ यही मुसा काण्डबाट दुई चार लाख मार्न बेर छैन । ”
मलाई अचम्म लाग्यो , जाबो दुई चार पाउँको ज्यान छैन मेरो । मेरो कारणले दुई चार लाख रुपियाँको कमाइ ? अघिल्लो दिन नयाँ वासस्थान हेर्नुप¥यो भनेर चारैतिर डुल्ने क्रममा त्यो कोठामा पुगेको थिएँ । रेकर्डिब गर्ने कोठाजस्तो थियो । हामी मुसाको दाँत दिनहुँ चार सेन्टिमीटरका दरले बढिरहन्छ । यस्तै काटकुट गरेन भने बढेको दाँत आफ्नै ज्यानले सम्हाल्नै मुश्किल । मेरो पुरानो आवासमा थोत्रा पुराना

सामानमात्र टोकेको बानी , यहाँ टलक्क टल्किने तार देखेर मन थाम्नै सकिँन । कनुको तार टाक्दा काटियो । त्यसैको चर्चा भइरहेको रहेछ । धन्य, लोडसेडिङले गर्दा तारसार काटे पनि केही हुन्न । उनीहरूको कुरा मलाई रमाइलो लागि रहेको थियो ।

विस्तार विस्तार क्यान्टिनबाट कर्मचारीहरु बाहिरिए । गोरे हाकिम क्यान्टिनमा आएर एक्लै बसेर खाजा खायो । त्यहीँबाट उसले हाकिमलाई फोन गर्यो “सर, म त पागल हुन लागिसकेँ । रेकर्डिब् रुमको तार मुसाले काटिदिएछ । भोलि डकुमेन्टेसनको कागज पत्र काटिदियो भने ? यहाँ मैले यत्रो ध्यान दिँदा त यस्तो अवस्था छ भने , उता क्षेत्रको झन् के होला ? कसैले केही कुरामा ध्यानै दिनन्न् । दिक्क लागिसक्यो सर ।कहिले काहीँ त जेसुकै होस् भनेर चुपचाप बसूँ जस्तो लाग्छ । पछि सब सरको टाउकोमा आउँछ । उसले मुसाको लिँडको फोटो खिच्न पाँचओट राम्रो क्यामेरा भएको मोबाइल नकिने अफिस मात्र होइन, संसार नै अपठ्यारोमा पर्न सक्ने संभावनाको विवरण सुनायो । शायद उताबाट उसको प्रसंशा भयो जस्तो छ , उसको अनुहार धपक्क बल्यो ।

त्यहीँबाट उसले सप्लायरलाई फोन गरेर पाँचओटा उम्दा खालको क्यामेरा भएको मोवाइल तुरुन्तै ल्याउन आदेश दियो । त्यसपछि लामो सास फेर्दै आफ्नो कोठातिर लाग्यो, जुन क्यान्टिनसँगै टाँसिएको थियो । ………क्रमश:

(हामी मुसाको कथालाई क्रमश प्रकाशित गर्ने छौं )

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. नेकपा अर्थात् गफाडी क्लब !
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका