एउटा मुसाको आत्मकथा

नयाँ आवासमा दोस्रो दिन 

योगीशकृष्ण

(भाग दुई) 

उसको गतिविधिमा मेरो चासो हुनु स्वभाविक थियो । आखिर मेरो जीवनसँग सम्बन्धित कुरा थियो । उसको कोठाको पछिल्तिर गएर झ्यालबाट चियाएँ ।   पिठ्यूँमात्र देखेँ , अनुहार देख्न सकिँन । म चुपचाप उसको गतिविधि नियालिरहेको थिएँ । ऊ मोबाइल चलाइरहेको थियो । घरिघरि मुस्कुराउँथ्यो । मैले बुझेँ, ऊ कसैसँगच्याटगरिरहेको थियो । केही बेरपछि एक जना मानिस आइपुग्यो । उसले सोध्योसर, एक दमटेन्सनमा हुनुहुन्छ जस्तो छ । के भयो ? ”

गोरे हाकिमले अनुहार निदाउरो पारेर भन्योके भन्नु यार । एक त कामले गर्दा दिमाग खराब भइरहेको  हुन्छ । त्यसमाथि नयाँ नयाँ झमेला आउँछ । तपाइँलाई थार्है छ नि , हाम्रो काम । संसारभर हाम्रै तथ्याङ्कको भर छ । माथि कोठाको तार मुसाले काटिदिएछ । यसैगरी हाम्रा कागजपत्र काटिदियो भने बर्बादै हुन्छ नि ।  त्यसका लागि सबै सुरक्षा उपाय समयमै गर्नुपर्यो । कसैलाई मतलबै  छैन । यो एउटा ज्यानले के के हेर्ने , के के गर्ने हो , भन्नूस् त ? अनि मोबाइल ल्याउनुभयो ?”

आगन्तुक सप्लायर रहेछ । उसले ब्यागबाट मोबाइल सेटहरू निकाल्दै भन्योसर, अहिले बजारमा आएको सबैभन्दा नयाँ मोडल यही हो । यसको क्यामेरा त गज्जब छ । यस्ता सामानको बारे सरलाई के भन्नु ? मलाई भन्दा बढी थाहा छ । खासमा भन्ने हो भने सर इलेक्ट्रोनिक विजनेसतिर लाग्नुपर्ने मानिस । कस्ता कस्ता इन्जिनियरसँग मेरो भेटघाट हुन्छ , तर सर जत्तिकोअपटुडेट इन्फर्मेसनराख्ने मानिस  अहिलेसम्म मैले भेटेको छैन ।

मलाई बडो रमाइलो लागिरहेको थियो । मेरा सगोत्रीहरूको विस्टाको तस्बीर खिच्नका लागि पाँचवटा मोबाइल किन्ने काम भइरहेको थियो । एउटा मुसाका कारण केही बुद्धिमान मानिसहरू के के गर्न तयार हुँदा रहेछन् , मैले कल्पना पनि गर्न सकेको थिइँन । गोरे हाकिमले भन्योएउटा सेट त तपाइँले उपहार स्वरूप दिनु नै हुनेछ । अनि अर्को कुरा पनि तपाइँले बुझ्नुभएकै छ , हाम्रो अफिसमा आर्थिक सहयोग चन्दा पुरस्कारको बजेट छैन । यताउतीबाट मिलाउनु पर्छ ।

सप्लायरले एउटा खाम थमाउँदै भन्योथाहा छ नि सर । सरहरूलाई कस्तो  गाह्रो छ । धन्य, सर हुनुहुन्छ , यो अफिसमा । सर , चेक लिन कहिले आऊँ ?”

हाकिमको अनुहार उज्यालो भयोपर्सीतिर आउनूस् न । तपाईँलाई अप्ठेरोमा पार्ने कुरै भएन नि ।

सप्लायर हाकिमसँग हात मिलाएर हिँड्यो । मन्द मन्द मुस्कुराउँदै हाकिमले कसैलाई फोन ग¥यो । उसको आवाज यति साहे चिप्लो होला भनेर मैले सोचेको पनि थिइँन । 

सर, अफिस आवरपछि केहीबेर समय मिल्छ? जरुरी काम छ ।

उताबाट के उत्तर आयो मैले सुन्ने कुरै भएन । गोरे हाकिमको उत्तर  भने प्रष्टसँग सुनेँ । खुइय्य गर्दै उसले भन्यो  कामको मारामार छ ,सर । एक छिन फुर्सद हुन्न । के गर्नु , जसरी भए पनि आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।

फोन राखिसकेपछि ऊ गीत गुनगुनाउन थालेको देखेर मैले उसको प्रफुल्लताको अनुमान गरेँ । एक छिन यता उता हिँड्यो. । फेरि कसैलाई   फोन गर्न थाल्योके छ सर, हालचाल ? के गर्नु ,आफ्नो त जति खेर पनि, जहिले पनि मारामार । साथीभाइसँग सुख दुखका कुरा यसो शेयर गरूँभन्दा समेत फुर्सद हुन्न  । अनि नि  सर , यस पटक उता आउँदा दाङको खसी पारेको भालेको सेकुवाको टन्न व्यवस्था गर्नुपर्ला जस्तो छ । अघिल्लो पटक खाएको मुखमै झुन्डियो यार । अब धम्बोजीको सेकुवा सेकुवा गोली मार ।

उताबाट राम्रै जबाफ आयो जस्तो छ । कुर्सी घुमाउँदै कुरा गरिरहेका बेला मैले उसको चम्किएको आँखा देखेँ । मलाई आफूप्रति गर्व अनुभव भयो । मेरो कारणले गर्दा यत्रो अफिसको हाकिम प्रसन्न भइरहेको छ ।अचानक ऊ हाँस्योतपाइँलाई पनि मान्नुपर्छ यार, कहाँ अरुले गरेको कामको फोटो खिचेर आफ्नो प्रतिवेदनमा घुसाएको ? महिला उपभोक्ता समूहको कार्यक्रमलाई हाकाहाकी आफ्नो कायक्रमको दाबी गर्नुमात्र होइन,  माथिबाट वाहवाही बटुल्नु चानचुने कुरा हो यार । मान्नुपर्छ यार, तपार्इँको खोपडीलाई

उताबाट खिखिखी  गरेको हल्का आवाज मेरो कानमा पनि पर्यो  । गोरे हाकिमले गुनासो गर्योउता तपाईँको , यता हाकिम साहेबको पनि नयाँ घर । आफू भने फुक्काको फुक्कै ।

लामो सास फेरेर खुइय्य गर्दै हाकिमले फोन राख्यो ।  त्यही बेला उसको फोनको घण्टी बज्यो । उसले जबाफ दियोहस सर, हस । एकै छिन ।

उसले ब्याग बोक्यो , ढोका लगायो । चारैतिर हेर्यो  ।म उसको पछिपछि लागेँ ।ऊ आफ्नो धुनमा यति तल्लीन थियो कि म हिँडदा उत्पन्न भएको  सर्याकसुरुक आवाज समेत सुनेन ।गार्डलाई गएर सोध्योसबै स्टाफ गइसके? ” 

गार्डले तन्केर उत्तर दियोसर ।

ऊ मुस्कुराएको देखेर म टोलाइरहेको थिएँ ।  झण्डै उसले देखेको । माथिल्लो तलाको कोठाभित्र छिर्यो  । त्याहाँ कोही थियो । शायद उसको हाकिम । उसले आदरपूर्वक संबोधन  गरेको सुनेपछि मलाई विश्वास भयो.–ऊ भन्दा ठूलो हाकिम रहेछ । ठूलो हाकिमलाई देखेर मेरो मनमा अचानक श्रद्धा उत्पन्न भयो ।मोटो घाटो , पुक्क भुँडी उठेको । बिलकुल तस्वीरमा देखेको  भगवान् गणेशको जस्तै उसको  भुँडी थियो । जत्तिसुकै सानो जीव भए पनि गणेशजीको बाहन मुसा हुनु हाम्रो जातिका लागि कम गौरवको कुरा त होइन । आँखा पनि चिम्सै थियो । तर सौम्य थिएन , मैले यदाकदा वाग्मती नदीछेउ देख्ने गरेको स्याल जस्तै धूर्त देखिन्थ्यो ।

भक्तिभावका साथ आठ दश मिनेट उभिएपछि गोरेलाई हाकिमले बस्नू भन्यो । मैले प्रशासनको अर्को नयाँ काइदा पनि बुँझे , आफूभन्दा तल्लो तहका कर्मचारीलाई सकभर अमानवीय व्यवहार गर्नुपर्ने रहेछ ।गोरेले ब्यागबाट एउटा पोको निकालेर टेबलम राख्दै भन्योसर, आज घरमा काजू बर्फी बनाएका थिए, सरलाई चाख्न भनेर ल्याएको । म उसको कुरा सुनेर झण्डै बेहोस् भइँन । मेरै अघिल्तिर केही घण्टा अगाडि उसले क्यान्टिनको मानिसलाई बर्फी किन्न पठाएको थियो । मौका मिल्यो भने एकआध टुक्रामा दाँत गाडुँला भन्ने आस पनि थियो । अहिले आएर आफ्नो घरमा बनाएको भन्दै छ । मलाई लाग्योयो पनि राम्रो प्रशासकको गुण होआफूभन्दा माथिल्लो हाकिम रिझाउने कलामा पारड्गत हुन झुठको सहारा  चाहिन्छ । 

हाकिमले सिँगै बर्फी मुखमा हाल्यो । निमेषभरमै चपाएर निल्यो । अनुहारमा प्रशन्नता झल्कियो । अर्को बर्फी मुखमा हाल्दै भन्योक्या बर्फी यार । यस्तो बर्फी त मैले नेपालमा खाएकै थिइँन । अस्ति दिल्ली एयरपोर्टमा हल्दीरामको स्टलमा खाएको थिएँ । ओहो , कस्तो स्वदिलो । इन्डियन मिठाइलाई मान्नु पर्छ । हाम्रो नेपालमा त्यो लेभलको स्कील नै छैन । स्कील नै नभएपछि क्वालिटी हुने कुरै भएन । खोइ, नेपालले कहिले प्रगति गर्ला ? आफ्नो देशको प्रगति नहुने देखेर उसले अनुहार निदाउरो  पारेर कपाकप तीनचारेक बर्फी खायो । गणेशजीलाई लडडू मन पर्ने । यिनलाई भने बर्फी पनि उत्तिकै मन पर्दोरहेछ ।

(धारावाहिक लघु उपन्यासएउटा मुसाको आत्मकथापाक्षिक रूपमा प्रकाशन गरिनेछ । लेखक सम्पर्क : ([email protected] )

भाग -१

एउटा मुसाको आत्मकथा

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. नेकपा अर्थात् गफाडी क्लब !
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका