राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

आजभोलि

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हँुदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य ९अन्य०, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !