म अध्यक्ष केपी शर्मा ओलीलाई नेतामा राजनेता भन्न रुचाउँछु : सिन्धु (जलेसा) बुढाथोकी

आजभोलि

सिन्धु (जलेसा) बुढाथोकी, पूर्व संविधानसभा सदस्य तथा केन्द्रीय कमिटि सदस्य आकांक्षी, नेकपा एमाले

राजनीतिसँगै कला, साहित्य र सिर्जना एकसाथ डो¥याउन सफल महिला नेतृ हुन् सिन्धु जलेसा बुढाथोकी । अर्धाखाँचीमा जन्मिएकी सिन्धुको बसोबास भने नवलपरासीमा छ । संविधानसभा सदस्य हुनभ्याइसकेकी सिन्धु सधैं पार्टी र जनताको हितप्रति दत्तचित्त भएर लाग्ने इमान्दार नेतृ र स्पष्ठ वक्ताको रुपमा चिनिन्छिन् । उनी सकारात्मक सोच नै सफलताको कडी ठान्दछिन् । अनेरास्ववियुबाट पार्टी राजनीतिमा उदाएकी उनलाई पार्टीभित्र स्थापित भएको पत्तैथिएन । देश, जनता र पार्टीलाई केन्द्रमा राखेर राजनीतिमा होमिएकी सिन्धुसँग नेकपा एमालेको १० महाधिवेशनमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईं नेकपा एमालेको राजनीतिमा कतिसालबाट आउनुभयो ?
नजान्दै म नेकपा एमालेतिर लागेकी रहिछु । मेरो बुबा प्रगतिवादी कलाकार उहाँका साथीहरु आउँदा म पनि कलाकारितामा हिँडेकी रहिछु । त्यसरी हिँडिरहँदा मलाई त्यो नेकपा भन्ने थाहा थिएन । २०४० सालदेखि नै मलाई अनेरास्ववियुले कार्यक्रममा लाने, नाच, गानमा लगाउने गर्दथे । त्यसपछि म पनि त्यस अनेरास्ववियुमा आबद्ध भएँ । हुँदैजाँदा अहिले नेकपा एमालेमा यहाँसम्म आइपुगियो

अध्ययन कहाँसम्म पु-याउनुभयो ?
मैले नेपाली र सोसोलजी गरी दुईवटा विषयमा मास्टर्स डिग्री गरेकी छु । अहिले पीएडीको लागि पनि तयारी गर्दैछु ।
तपाईंको योग्यता, क्षमताको पार्टी र कार्यकर्ताबाट कदर हुन्छ भन्ने लाग्छ ?
मलाई त कदर हुन्छ भन्ने विश्वास लाग्छ । आपूmप्रति नै विश्वास नभएको मान्छेले अरुले मलाई गरेन, हेरेन भनेर अलोचना गर्ने, चिढिने काम गर्दछन् । म चाहिं त्यसमा विश्वास गर्दिँन “आफू भलो त जगतै भलो” भन्ने उक्ति चरितार्थ हुन्छ । हामीले जुनसुकै काम गर्दापनि सधैं सकारात्मक सोच राख्नुपर्छ । त्यसको रिजल्ट पनि राम्रो आउँछ ।

नेकपा एमालेको १० औं महाधिवेशनमा तपाई तयारी के मा ?
पार्टीको आसन्न १० औं महाधिवेशनमा सबै हिसाबले अब मेरो पनि बेला भयो कि भनेर केन्द्रीय कमिटी सदस्यमा तयारी गर्दै छु ।

यसअघिका महाधिवेशनमा यो पदमा उठ्नुभएको थियो कि थिएन ?
यस अघिका महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेकी थिइँन । अहिले पनि उम्मेदवारी घोषणा त गरिसकी छैन । तर, उठ्ने तयारी गर्दै छु ।

पार्टीभित्र शीर्ष नेता लक्षित प्यानल हुन्छन्, तपाईं कुन प्यालनबाट उठ्दै हुनुहुन्छ ?
अहिले नेकपा एमालेभित्र कुनै पक्ष, विपक्ष प्यालन बनाइएको छैन । यो १० महाधिवेशनमा नेकपा एमाले कुनै नेता लक्षित पक्ष, विपक्ष अथवा प्यानल बनाएर आन्तरिक चुनावमा गएको छैन ।

नेकपा एमाले प्यानलबिना व्यक्ति, व्यक्ति चुनाव गरेर अगाडि बढ्छ हो ?
हो, यो १० औं महाधिवेशनमा नेकपा एमालेको वृहत एकता महाधिवशेन हुने छ । जसले पार्टीलाई, सुदृढ, संगठित, एकताबद्ध र उदीयमान बनाएर अगाडि बढ्ने लक्ष्य लिएको छ । त्यसैअनुरुप महाधिवेशन अगाडि बढ्छ ।

त्यसोभए नेकपा एमाले १० औं महाधिवेशनले झन् एकढिक्का हुन सुझाउँछ हो ?
हो, १० औं महाधिवेशनले पार्टीलाई अभैm सुदृढ, सुसंगठित, एकढिक्का बनाएर नेता, कार्यकर्ता र जनताबीच उत्साह जगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । गाउँगाउँ, बस्तीबस्ती, टोलटोलबाट नेकपा एमालेप्रति जनताहरु जुर्मुराएका छन् । चितवनको नारायणी किनारमा हुन गइरहेको महाधिवेशनमा आउनको लागि नेता, कार्यकर्ता र जनताहरु एकदमै उत्साहित देखिएका छन् । पार्टीलाई अझ बलियो बनाउन सबै नेता, कार्यकर्ता र सर्मथित जनताहरु दत्तचित्त भएर लागेका छन् ।

अहिलेको परिस्थितिमा पनि जनताहरु उत्साहित भएर आउँछन् जस्तो लाग्छ ?
नेकपा एमालेमा जतिपनि कार्यकर्ता हुनुहुन्छ । उहाँहरु अहिले पार्टीलाई सुदृढ र संगठित, एकताबद्ध गर्नलाई एकदमै जुर्मुराएर लागेको अवस्था छ । उहाँहरुले अहिलेसम्म पार्टीले गलत ग¥यो भनेर कुनै गुनासो पोख्नुभएको छैन । एमालेले जे गर्छ, त्यो देश र जनताको लागि गर्दछ । जनताको सुख, दुःखमा जस्तोसुकै मूल्य चुकाए भएपनि काम गर्ने पार्टी नेकपा एमाले नै हो भनेर विश्वासका साथ सबै नेता, कार्यकर्ताहरु दिलो ज्यान दिएर लागिपर्नुभएको छ ।

तपाईं केन्द्रीय प्रतिनिधि कुन जिल्लाबाट निर्वाचित हुनुभएको हो ?
नवलपरासी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुँ

तपाईं केन्द्रीय कमिटि सदस्यमा उम्मेदवारी दिइसक्नुभयो ?
मैले अहिले नै उम्मेदवारी दिइसकेकी छैन । केन्द्रीय कमिटि सदस्यमा उठ्ने इच्छा जाहेर मात्रै गरेकी छु । जहाँसम्म पार्टीका साथीहरुले साथ, सहयोग र समर्थन गर्नुहुन्छ भन्ने लागेको छ । उहाँहरुको सल्लाह, सुझाव अनुसार नै अगाडि बढ्ने छु ।

कुनै प्यानलमा परेपछि मात्रै उम्मेदवारी घोषणा गर्ने हो ?
होइन, नेकपा एमालेको १० महाधिवशेनमा कुनै नेता निकट प्यान हुँदैन । मैले अगाडि नै भनिसकेकी छु । सबैले आफ्नै बलबुता चुनाव लड्ने हो । प्यानलमा परिन्छ, चुनाव जितिन्छ भन्ने छैन । यसपालिको महाधिवेशनमा नेकपा माएलेले कसैको प्यानको लिस्ट बनाउने काम गर्दैन । नेकपा एमालेले एकदमै ठूलो प्रजातान्त्रिक अभ्यास गरिरहेको छ । कुनै नेताको नाममा प्यान, लिस्ट बन्नेवाला छैन । आफ्नो स्वतन्त्रता अनुसार चुनाव लड्ने हो । यो एकताको महाधिवेशन भएकाले कुनै प्यानल नबनाइकन चुनाव हुन्छ । अहिले जसरी पार्टीहरुमा गुटउपगुट देखिएका छन् । नेकपा एमालेले यसपालि गुटको बाउन्ड्रिलाई तोडेर देखाउँछ ।

सबै नेताको साझा उम्मेदवार हुन्छन् ?
यो महाधिवेशनमा नेताको होइन पार्टीको साझा उम्मेदवार हुन्छन् । यो महाधिवेशनमा जसले नेता, कार्यकर्ता र प्रतिनिधिलाई प्रभाव पार्छन् उनीहरुले चुनाव जित्छन् । गुटको बलमा चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ ।

केन्द्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत ढंगले आउनुभएको हो ?
अहिलेसम्म ७३ जिल्लामा सर्वसम्मत स्थानीय, प्रदेश, क्षेत्रीयदेखि केन्द्रीय प्रतिनिधिहरुसम्म सर्वसम्मत ढंगले चयन भएर आउनुभएको छ । अरु बाँकी जिल्लाहरुमा एकदमै लोकतान्त्रिक विधिबाट निर्वाचनमार्पmत आउनुभएको छ ।

तपाईंले केन्द्रीय सदस्य आकांक्षी हुनुहुन्छ, प्रतिनिधिहरुलाई के भन्नुहुन्छ ?
म केन्द्रीय कमिटि सदस्यको उम्मेदवार भइरहँदा तपाईहरुले मलाई भोट दिएर जिताउनुभयो भने पार्टीको नीति, विचार, सिद्धान्त अनुसार दत्तचित्त भएर काम गर्ने छु । देश र जनताको हितको लागि मरिमेटेर काम गर्ने छु । विकास निर्माण र समृद्धिमा एउटा इँटा थप्ने आधारसिला तयार गर्ने छु ।

मलाई केन्द्रीय कमिटिमा पु¥याउनुभयो भने नेता, कार्यकर्ता र जनताको चाहना अनुसार दिलो ज्यान दिएर काम गर्ने छु । पार्टीलाई एकताबद्ध बनाउन सुझाव, सल्लाह दिन सधैं दत्तचित्त भएर लाग्ने छु । पार्टीभित्र शीर्ष नेताबीच कार्यकर्ता, जनताको गुनासाहरु पु-याउन पुल काम गर्न अग्रसर हुनेछु।

तपाईंलाई नै केन्द्रीय सदस्यमा भोट दिनुपर्ने आधारहरु के के हुन् ?
म बाल्यकालदेखि नै पार्टीहितमा काम गर्दै आएकी हुँ । पञ्चायती व्यवस्थाको कालरात्रीमा पार्टीहितको लागि मैले दिलो ज्यान दिएर काम गरेकी थिएँ । त्यसैले पार्टीहितको लागि आफ्नो बलबुताले भ्याएसम्म काम गर्ने छु । अर्को मलाई नेकपा एमालेका धेरै कार्यकर्ताले मलाई प्रतिनिधि छनोट गरेर पठाउनुभएको छ । जसले भोट दिएर तँ केन्द्रीय कमिटिमा जा भनेर जसले मलाई पठाउनुभएको छ उहाँहरु नै आधार हुनुहुन्छ । ती भोटर कार्यकर्ता मेरा मूल आधार हुन् । त्यसपछि पार्टीमा जनहितमा राम्रो भूमिका खेल्ने काम मेरो हो ।

त्यसोभए तपाईं केन्द्रीय सदस्यको दर्बिलो आकांक्षी हो ?
मेरो हिसाबले भन्नुपर्दा दर्बिलो आकांक्षी हुँ । देशभरबाट आउने प्रतिनिधिहरुले के मूल्यांकन गर्नुहुन्छ । मेरोतर्फबाट म केन्द्रीय कमिटि सदस्यको आकांक्षी हुँ । उहाँहरुको कस्तो मूल्यांकन गर्नुहुन्छ त्यो समय बताउने छ । मैले संविधानसभा सभाषद भइसकेको मान्छे हुँ । त्यसपनि मलाई धेरै अनुभव भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारमा खेल्नुभएको भूमिकालाई के भन्नुहुन्छ ?
सरकारमा हुँदा र नहुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले जे गर्नुभएको छ, त्यो राम्राको लागि गर्नुभएको छ । देश र जनताको हितमा काम गर्नुभएको भएको छ । सत्तामा हुना केपी ओलीले धेरै राम्रा काम गर्नुभएको हो । उहाँका पालनामा धेरै राम्रा काम भएका छन् । उहाँले विकास निर्माणका कामलाई देशका कुनाकाप्चासम्म पु¥याउनुभएको छ । सुरुङमार्ग, विभिन्न सडक विस्तार, रेल, बाटोघाटो, पुलपुलेसा उहाँकै पालामा सम्पन्न भएका छन् ।

‘म बनाउ छु, मेरो धरहरा’ भनेर उहाँले बनाउनुभयो । रानीपोखरी उहाँकै पालामा सम्पन्न भयो । भैरहवा एयरपोर्ट उहाँकै पालमा बनेको छ । विभिन्न आयोगहरुमा नियुक्ति गर्न नदिएर उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो । त्यसलाई चिरेर उहाँले काम गर्नुभयो । त्यसैले केपी ओली एकदमै काम गर्नखोज्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई चारैतिरबाट घेराबन्दी गरेर काम गर्न नदिइएको सत्य हो । उहाँ आफैमा नराम्रो मान्छे होइन ।

चुच्चे नक्सा, रामको जन्म स्थानको उत्खनन्, सगरमाथाको नयाँ उचाईंलगायत थुप्रै राम्रो, ऐतिहासिक र दीर्घकालीन योजना उहाँले ल्याउनुभयो । लिम्पियाधुराको नयाँ नक्सा ल्याएर अहिलेसम्म कसै गर्न नसकेको काम गर्नुभयो । त्यसकारण केपी त यो देशको राजनेता हो । म उहाँलाई अहिलेसम्मका नेतामा राजनेता भन्न रुचाउँछु ।

त्यसोभए केपी शर्मा ओली नेकपा एमालेको एकदम राम्रो नेता हो ?
अध्यक्ष केपी शर्मा ओली एदमै राम्रो नेता हो । उहाँले आफ्नो बलबुताले भ्याएसम्म देश, जनता र पार्टी हितमा काम गर्नुभएको हो । बरु केही व्यक्तिहरुले उहाँले गरेका राम्रा काम देख्न नसकेर केही व्यक्तिहरुले झुठा, आरोप, प्रत्यारोप गरेका हुन् । उहाँले नराम्रो गर्नूभएको छैन । सकेसम्म राष्ट्रहितमा दिलो ज्यान दिएर काम गर्नुभएको हो । छोटो अवधिमा विभिन्न अवरोधलाई चिरेर धेरै राम्रा काम गर्नुभएको छ ।

उहाँको कारण पार्टी फुट्यो, संगठन खलबलियो भन्ने आरोप छ नि ?
नेकपा एमाले फुटेको होइन । एउटा सानो चोइटो, चोइटेएर उछिट्टिएको मात्रै हो । केपी ओलीले गरेका राम्रा काम देख्न नसकेर असन्तुष्ट व्यक्तिहरु चोटिएका हुन् । त्यो चोइटाले सिंगो मुढालाई एकरत्ति असर गर्दैन ।

यसले राष्ट्रिय निर्वाचनलाई असर गर्दैन, यहाँको के आँकलन छ ?
यो चोइटाले राष्ट्रिय निर्वाचनमा नेकपा एमालेलाई केही असर गर्दैन । आगामी निर्वाचनमा अरु पार्टीको पञ्च गठबन्धन भएपनि नेकपा एमाले एक्लै लडेर बहुमत ल्याउँछ । चुइटिनेहरुले एमालेलाई निर्वाचनमा असर गर्छ भन्ने जुन आँकलन गरेका छन् । त्यसले केही असर गर्दैन । देशभरका नेता, कार्यकर्ता र जनताले घरघर, टोलटोलबाट नेकपा एमालेलाई सहयोग गरेर एउटा दर्बिलो पार्टीको रुपमा स्थापित गर्ने छन् ।

माओवादी निस्किएर गयो त्यसले एमालेलाई ध्वस्त पार्छ भन्नेहरु पनि छन् नि ?
माओवादी निस्किएर जाँदैमा नेकपा एमालेको सुदृढ, संगठित जुन एकमना एकता जुन छ त्यसमा कुनै हानीनोक्सानी भएको छैन । नेकपा एमालेको संगठनलाई कुनै शक्तिले ध्वस्त पार्ने प्रश्नै आउँदैन । त्यसमा रमाउँदा कसैलाई आनन्द आउँछ भने मेरो केही भन्नु छैन । एमालेको संगठन हिजो जुन ठाउँमा थियो आजपनि त्यहीं ठाउँमा छ । कुनै तलमाथि परेको छैन । हामी पहिलाको भन्दा अझ सुदृढ, संगठित र समृद्ध भएर अगाडि जाने छौं ।

१० महाधिवेशनले नेकपा एमालेलाई सुदृढ हुने आधार स्तम्भ तयार हुन्छ हो ?
हो, १० महाधिवेशनले सुदृढ, एकमना एकताको पार्टी, देश र जनताको पार्टी, राष्ट्रको हित गर्ने पार्टी, विकास निर्माण र समृढि ल्याउने पार्टी, एकताको सुत्र बाध्ने पार्टीको रुपमा स्थापित गर्दछ ।

तपाईं केन्द्रीय मिटिमा जानुपर्ने आधारहरु के के हुन् ?
म बाल्यकादेखि यहाँसम्म पार्टीहितको लागि काम गर्दै आएँ । पञ्चायती व्यवस्थाको कालरात्रीमा पनि आफ्नो दिलो ज्यान दिएर पार्टीको लागि काम गरेकी छु । नेकपा एमालेका कार्यकर्ताले धेरै माया गरेर प्रतिनिधि पठाउनुभएको छ । मलाई नवलपरासीका कार्यकर्ताले तपाईं केन्द्रीय कमिटिमा जानु भनेर प्रतिनिधि पठाइसकेपछि उहाँहरु नै मेरा मूख्य आधार हुन् । जसले भोट दिएर केन्द्रीय कमिटिमा जाने ढोका खोलिदिनुभयो उहाँहरु मेरो आधारस्तम्भ हो ।

पार्टीका विभिन्न जनवर्गीय संगठनहरुमा रहेर काम पनि गरेकी छु । जनजाति महासंघ, महिला संगठन, जनसांस्कृति संघलगायतका ठाउँमा काम गरेको हुँदा ती पनि मेरो आधार हुन् । अब मैले त्यहाँ गएर कार्यकर्ता, प्रतिनिधिहरुको इच्छा, आकांक्षा र भरोसा अनुसार काम गर्नुपर्छ । त्यसको लागि प्रतिनिधि साथीहरुले मलाई केन्द्रीय कमिटिमा जान सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।

त्यसोभए तपाईं केन्द्रीय कमिटि सदस्यको लागि कम्मर कसेर लाग्नुहुन्छ ?
म कम्मर कसेर चुनावी मैदानमा होमिन्छु । मलाई हिजो कार्यकर्ताहरुले चुनेर यहाँसम्म पठाउनुभयो । उहाँहरुको भोटको सम्मान गरेर म केन्द्रीय कमिटि सदस्यको उम्मेदावर बन्छु । त्यसपछि प्रतिनिधि कमरेडहरुले मलाई भोट हाल्नुहुन्छ भन्नेमा विश्वस्त छु । हिजो संविधान निर्माणमा सहभागी हुने अवसर पनि मलाई पार्टी र नेता कार्यकर्ताले दिनुभयो । त्यसले राष्ट्रिय स्तरमा पनि नेटवर्क विस्तार भयो । अब आज केन्द्रीय कमिटिमा पु¥याउन सहयोग गर्नुभयो भने म पार्टी संगठनलाई बलियो बनाउन अहोरात्र खट्ने छु ।

त्यसोभए तपाईं केन्द्रीय कमिटि सदस्यको दर्बिलो आकांक्षी हो ?
मैले गरेको योगदानको पार्टीले मूल्यांकन गर्ने हो भने मलाई आपूm पनि दर्बिलो आकांक्षी हो भन्ने लाग्छ । त्यसमा प्रतिनिधि कमरेडहरुले के मूल्यांकन गर्नुहुन्छ । म आफ्नो ठाउँबाट दरिलो ढंगले उभिन्छु । पार्टी र प्रतिनिधिहरुले त्यो स्थानको जिम्मेवारी दिनुभयो भने पार्टी संगठनलाई एकढिक्का बनाएर अगाडि बढाउन आफ्नो बलबुताले भ्याएसम्म लागिपर्ने छु । प्रतिनिधिहरुले मलाई केन्द्रीय कमिटिमा पु¥याउनुभयो भने त्यहाँ गएर खेल्नुपर्ने भूमिका, पार्टी संगठनलाई एकताबद्ध गर्नुपर्ने काम, कार्यकर्तामाझ खेल्नुपर्ने भूमिका मेरो जिम्मेवारीभित्र पर्छ ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !