प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् । यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

मङ्सिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हँुदैछ ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !