कांग्रेसको मतगणना आज दिउँसोबाट हुने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।

बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए । मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !