अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच

आजभोलि

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरको निर्देशनमा प्रहरी निरीक्षक डा शत्रुघन बहारदार नेतृत्वको मेडिकल युनिटको टोली औषधि सामग्रीसहित विकट जिल्ला मुगुमा पुगेर निःशुल्क स्वास्थ्य जाँच गरेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक २९ गतेको भीषण आगलागीपीडित भएका २१ घरपरिवारका ८० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

अग्निपीडित, सर्वसाधारण र प्रहरी कर्मचारीका परिवार गरेर २६९ जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रहरी निरीक्षक डा शत्रुघन बहरदारले जानकारी दिनुभयो ।

विकट जिल्लाका भूपू, अशक्त र बहालवाला प्रहरी कर्मचारीका परिवार, अग्निपीडित सर्वसाधारणलगायतलाई प्रत्यक्षरूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधि दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रहरी निरीक्षक डा बहरदारले बताए ।

“शिविरमा श्वासप्रश्वास, हाडजोर्नी तथा मांसपेशी, पाठेघर, छाला तथा खानपिनबाट लाग्ने रोगको बिरामी भेटिए”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य जाँचसहित उहाँहरूलाई निःशुल्क औषधि वितरण गरेका छौँ ।”

उहाँका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट १४७ महिला, १०१ पुरुष र २१ जना भूपू, असक्त र कार्यरत प्रहरी कर्मचारीका परिवारले निःशुल्क उपचार सेवा लिएका छन् । त्यस्तै प्रहरी निरीक्षक जगदीश भट्टको नेतृत्वमा यही मङ्सिर २३ गते कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !