पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

आजभोलि

काठमाडौं । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।

जलेश्वर, बलवा, मनरासिस्वा, भङ्गाहा नगरपालिका तथा महोत्तरी गाउँपालिका क्षेत्रमा करिब २०० पशुमा खोरेत रोग देखिएको थियो । सो रोगलाई नियन्त्रण गर्न तथा अन्य पशुमा सर्नबाट रोक्नका लागि आजदेखि खोप लगाउन सुरु भएको उनले बताए ।

खोप सञ्चालनका लागि कार्यालयले ४३ करारका कर्मचारी खटाइएको छ । यसअघि सो कार्यलयले १२ हजार पशुलाई सो रोग विरुद्धको खोप पनि लगाइसकेको कार्यालय प्रमुख डा ठाकुरले बताए ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !