एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट

आजभोलि

काठमाडौं । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२आँै बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो ।

यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट एकैदिन प्रतिनिधि छनोट गर्ने कार्यतालिकाअनुसार शनिबार सातवटै पालिकाका सबै वडामा भेला गरी प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको छ । एमालेका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार अधिकांश वडामा सर्वसम्मतरुपमा प्रतिनिधि चयन भइसकेका र केही वडामा सहमतिको प्रयास जारी रहेको छ ।

अधिवेशन नजिकिँदै गएकाले नटुङ्गिएका वडामा पनि आजसम्म सहमतिमै प्रतिनिधि छनोट हुने उहाँको भनाइ छ । एमालेको बैठकले प्रत्येक ५० जना सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा महिलाका हकमा ४० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । यसबाहेक पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट एक÷एक प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ४०० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !