प्राइम बैंकको नाफामा भारी गिरावट

आजभोलि

काठमाडौं । प्राइम बैंक लिमिटेडको नाफामा करिब ८ प्रतिशतले गिरावट आएको छ । बैंकले प्रकाशित गरेको ६ महिनाको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा नाफामा ७ दशमलब ७३ प्रतिशतले कम हो ।

बैंकले ६ महिनामा १ अर्ब ६७ करोड नाफा गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ८१ करोड नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । बैंकले अघिल्लो वर्ष ६ महिनामा २ अर्ब ९१ करोड ब्याज आम्दानी गर्दा यो वर्ष २ अर्ब ७६ करोड मात्र गरेको छ ।

बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५४ अर्ब कर्जा दिएको छ । पुस मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९४दशमलब ८३ प्रतिशत छ । यसले बैंकलाई निक्षेप संकलन गर्नको लागि दवाव दिएको छ । बैंकको खराब कर्जा अनुपात(एनपीएल) ०.७८ प्रतिशत छ ।

बेसरेट ८ दशमलब ९८ प्रतिशत छ । रिर्टन अन इक्विटी(आरओइ) १३ दशमलब १४ प्रतिशत छ । अघिल्लो वर्ष आरओइ १६ दशमलब १८ प्रतिशत थियो ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !