एपोलो पेन्ट्सको ब्राण्ड एम्बेस्टरमा महानायक राजेश हमाल

आजभोलि

काठमाडौं । नेपाल लगायत विश्वबजारमा ख्याति कमाएको एपोलो पेन्ट्सले नेपाली सिने उद्योगका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेस्टरको रुपमा दुई वर्षका लागि अनुबन्दित गरेको छ ।

कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महानायक हमाललाई ब्राण्ड एम्बटरमा अनुबन्दित गरेको हो । कार्यक्रम सरकारले जारी गरेको कोभिड सुरक्षा सम्बन्धी नियमलाई पालना गर्दै सीमित सञ्चारकर्मीका माझ सम्पन्न भएको थियो ।

‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ मूल नाराका साथ आयोजित कार्यक्रममा उपभोक्ता तथा आमजनमानसमा लोकप्रिय रहेको एपोलो पेन्ट्सको बजार प्रवद्र्धनमा अझ लोकप्रिय बनाउन महानायक राजेश हमालको ठूलो भूमिका रहने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले हमालद्वारा आउँदा दिनमा विश्वबजारमा एपोलो पेन्ट्सको गुणस्तर, लोप्रियता र छिटोछरितो उपलब्धताको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने पनि विश्वासे लिएको छ ।

एपोलो पेन्ट्स कम्पनी २०६१ सालमा चितवनको भरतपुर ९ मा विधिवत दर्ता भइ सञ्चालमा आएको हो । विगत १७÷१८ वर्षदेखि अनवरत रुपमा आफ्नो गुणस्तरीय, भरपर्दो सेवा विस्तार गर्दैआएको एपोलो पेन्ट्सले नेपाली बजारमा राम्रै ख्याति कमाएको छ ।

एपोलो पेन्ट्स कम्पनीले इनामेल, फाइबर र सिमेन्ट पेन्ट्स उत्पादन गरी व्यवसाय थालेको हो । यसरी व्यवसाय सुचारु गरेको कम्पनीले आज आएर आधुनिक घरहरुमा सुहाउँदो तथा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय गुणस्तरमा आधारित उच्चकोटीको रंग उत्पादन तथा वितरण गर्दै आएको छ ।

कम्पनीले नेपाल तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरी नेपाली पेट्समध्येको अग्रणी स्थान ओगट्न सफल भएको छ । एपोलो पेन्ट्सको मुख्य उद्देश्य व्यापार व्यवसाय गर्ने मात्र नभएर स्वदेशी पुँजीबाट वस्तु उत्पादन गरी स्वदेशमै रोजगारी सिर्जन गर्ने रहेको छ ।

जसले बेरोजगारीका कारण विदेशिने युवाहरुलाई स्वदेशमै रोजागरी सिर्जना गर्ने कम्पनीको दावी छ । एपोलोको बजरा हिस्टा ८ देखि १० प्रतिशत बजार हिस्सा रहेको दावी छ ।

नेपालको सातै प्रदेश कार्यालय विक्री कक्ष राखी पूर्व–महाकाली हिमाल, तराइ पहाड आधुनिक मेसिनद्वारा उत्पादित प्रकृतिमैत्री, हेल्दि लिड फ्रि छन । आवश्यकता अनुसार यसलाई बृद्धि गर्दे अगाडि बढ्ने कम्पनीको वादी छ ।

 

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !