भैरहवामा होल्डिङ सेन्टर बन्दै

आजभोलि

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ ।

सेन्टर निर्माणका लागि सिद्धार्थनगर नगरपालिका–२ स्थित करिब दुई बिघा जग्गा सिफारिस गरेर रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्राचार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

“हामीले जग्गा सिफारिस गरेर पत्राचार गरिसकेका छौँ, अब होल्डिङ सेन्टरको विषय टुङ्गो लागिसकेको छ”, उनले भने । प्रजिअ तिवारीले अब केही दिनबाटै होल्डिङ सेन्टर निर्माणको काम सुरु हुने उल्लेख गर्दै कामका लागि समन्वय भइरहेको बताए ।

सो सेन्टर एक हजार जना अट्ने क्षमताको हुने छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । लुम्बिनी प्रदेशमा सङ्घीय सरकार र नेपाली सेनाले रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमा होल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो ।

बाँके र कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको पनि रुपन्देहीमा जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरले गति लिनसकेको थिएन । होल्डिङ सेन्टरको काम कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । बाँकेको जमुनाहानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने बताइएको छ ।

भारतबाट स्थलमार्ग हुँदै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई प्रवेश नाकामा होल्डिङ सेन्टर निर्माण गरी कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले सो अवधारणा ल्याएको हो ।

लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । नयाँ भेरियन्टपछि पाँच हजार ५२८ जना प्रदेशमा सङक्रमित भएको र पाँच हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन् ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !