हत्या आरोपमा पाँचजना पक्राउ

आजभोलि

काठमाडौं । आमाको हत्या आरोपमा छोरासहित चार जनालाई जिल्ला अदालत पाल्पाले मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको छ । तानसेन नगरपालिका–६, स्कुलडाँडाकी ६५ वर्षीया वृद्धाको हत्या आरोपमा पक्राउ परेका चार जना बुधबार कारागार चलान भएका हुन् ।

जिल्ला अदालतले ६५ वर्षीया सरस्वतीदेवी घर्ती मगरको हत्या आरोपमा पक्राउ परेका तानसेन नगरपालिका ६, कुन्सरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, बगनासकाली गाउँपालिका ६ घर भई सोही स्थान बस्दै आएका २७ वर्षीय सुनिल परियार, रिब्दीकोट गाउँपालिका९४, भैरवस्थान घर भई कुन्सरे बस्दै आएका २३ वर्षीय हरिबहादुर सुनार, तानसेन नगरपालिका ७, घर भएका ३१ वर्षीय विजय परियारलाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । कमलबहादुर वृद्धाको माहिलो छोरा हुन् ।

चारै जनालाई एक महिनाअघि प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेकाले अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । पुस २३ गते आफ्नै घरमा सुतिरहेकी ६५ वर्षीया घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको उनीहरुले स्वीकारेको प्रहरीले जनाएको छ । चारै जनाले पालैपालो बोकी नजिकै रहेको खोल्सामा लगेर फालेको प्रहरीसामु स्विकारेका थिए ।

मृतक घर्तिको कान्छो छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरेको थियो । जेठा छोरा भने भारततिर बसोबास गर्दै आएका छन् । स्थानीय बासिन्दा भने हत्या आरोपमा पक्राउ गरेकाहरूबाट कुनै दसीप्रमाण फेला नपरेकाले मुद्दा कमजोर भएको हुन सक्ने बताएका छन् । ‘घटनास्थलबाट प्रहरीले कुनै पनि दसी प्रमाण फेला पार्न सकेको छैन,’ एक स्थानीयले भने, ‘वृद्धाको नाक, कानको सुनका गहनासमेत प्रहरीले फेला पार्न नसकेको अवस्थामा मुद्दा धेरै कमजोर भएको हामीले महसुस गरेका छौं ।’

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !