फागुन ७ लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड

आजभोलि

काठमाडौं । फागुन ७ गतेको प्रजातन्त्र दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मेरुदण्ड बनेकामा जोड दिइएको छ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले शनिबार जुम माध्यमबाट आयोजना गरेको कार्यक्रमका वक्ताले देशमा भएका सबै परिवर्तनको जननीका रूपमा फागुन ७ गते रहेको बताउनुभयो ।

कार्यक्रममा प्रा डा अभि सुवेदीले प्रजातन्त्रमा संविधान, अदालत र सामान्य मान्छेको सम्मान हुनुपर्नेमा त्यस्तो भइरहेको छ कि छैन भन्ने मनन् गर्नुपर्ने बेला भएको बताए ।

नागरिकको सेवा गर्ने जिम्मेवारी लिएकाहरु नै हेपाहा बनेको उल्लेख गर्नुहुँदै उहाँले मान्छेको इज्जत हुन छाडेपछि प्रजातन्त्र कमजोर हुने अनुभव सुनाउनुभयो । सो अवसरमा पूर्वराजदूत दिनेश भट्टराईले फागुन ७ गते मुक्ति दिवस भएकाले यस दिनको बिदा काट्ने पूर्ववर्ती सरकारको निर्णय सच्याउन माग गरे ।

कार्यक्रममा फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले प्रजातन्त्रको सुदृढीकरणका लागि जिम्मेवारी लिएर बस्नेको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा रामचन्द्र घिमिरे, देवेन्द्र सुवेदीलगायतले प्रजातान्त्रिक मूल्य, मान्यता विकासमा देखापरेका समस्याका बारेमा चर्चा गर्दै तिनको समाधानका लागि नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिए ।

  • ८ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !