समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्ण : मन्त्री राई

आजभोलि

काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको कार्यक्रमबारे आज सरोकारवालाबीच भएको छलफलमा उहाँले सो कुरा बताएका हुन् ।

मन्त्री राईले महिलामाथि हुने विभेदविरुद्ध हरेक वर्ष मनाइने उक्त दिवसलाई व्यापक र सिर्जनात्मकरुपमा मनाउनुपर्नेमा जोड दिए । आगामी मार्च ८ तारिकका दिन प्रभातफेरी र दीपप्रज्वलन गरी दिवस मनाइने निर्णय भएको उक्त मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए ।

‘सामाजिक न्याय लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ फागुन गते बिहान २४ प्रभातफेरी कार्यक्रम विराटनगरस्थित देवकोटा चोबाट सुरु गरिने उनले जानकारी दिए ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !