सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

आजभोलि

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ ।

एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उहाँ निर्णायक मण्डलमा छनोट हुनुभएको हो । बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उहाँ आजै त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल तेक्वान्दो सङ्घले रेफ्री ढकाललाई बुधबार नै बिदाइ गरिसकेको छ ।

रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का लागि पनि निर्णायमण्डलमा रहन ढकाललाई निमन्त्रणा प्राप्त भइसकेको छ ।

यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक हुनुहुन्थ्यो । चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता ९सिज्मस्०मा समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उहाँको लोकप्रियता बढेको हो ।

चीनकै उसि सहरबाट विसं २०७० मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गर्नुभएका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुनुहुन्छ । काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद ९साग० र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकाल रेफ्र्री हुनुहुन्थ्यो ।

तेक्वान्दो विधामा छोटो समयको तीव्र प्रतिस्पर्धाका खेलाडीबीच सही निर्णय सुनाउन तटस्थता, निष्पक्ष, सहासिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनहुन्छ ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !