लागुऔषधसहित एक पक्राउ

आजभोलि

काठमाडौं । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् ।

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो ।
पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महिलालाई एसिड प्रहार गर्ने दुई पक्राउ

महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।

  • १२ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !