कांग्रेस बागमती डिजिटल प्रचार उपसमितिको संयोजकमा पत्रकार जोशी

आजभोलि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वरिष्ठ पत्रकार पदमराज जोशीलाई बागमती प्रदेशको डिजिटल प्रचारप्रसारको जिम्मेवारी दिएको छ ।

नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको तयारीका लागि गठित प्रचार प्रसार समितिअन्तर्गत डिजिटल प्रचारतर्फको जिम्मेवारी जोशीले पाएका हुन् । प्रेस युनियनका नेता जोशीलाई कांग्रेसले अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार समिति बागमतीको संयोजक नियुक्त गरेको हो ।

जोशी दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । बैतडी घर भएका जोशीले काठमाडौंमा हेल्थ टुडे म्यागजिन र अनलाइन सञ्चालन गर्छन् ।

जोशी नेतृत्वको समितिको उपसंयोजकमा कुमार राउत नियुक्त भएका छन् ।

अनलाइन उपसमितितर्फ प्रदेश १ मा कुमार लुइँटेल संयोजक र आत्माराम राजवंशी उपसंयोजक नियुक्त भएका छन् ।

मधेस प्रदेशमा गुरु गौतम र श्रमन देव नियुक्त भएका छन् । गण्डकी प्रदेशमा टंक अधिकारी र सोनी शर्माले जिम्मेवारी पाएका छन् । लुम्बिनीमा रेखा भुसाल र नारायण खड्काले संयोजक र उपसंयोजकको जिम्मेवारी पाएका छन् ।

अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमितिको राष्ट्रिय संयोजकमा वरिष्ठ पत्रकार विष्णु निष्ठुरी रहेका छन् ।

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !