गणेशमान सिंह स्मृति बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

आजभोलि

काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई उछिन्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा कुमालले मधेश प्रदेशका अमन अली तथा राईले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरेका हुन् । पुरुष ५२ किलोमा मधेसका मदनकृष्ण डङ्गोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफ क्लबका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनल प्रवेश गरे ।

यस्तै पुरुष ६३ किलोतर्फ नेपाली सेनाका पुरन सुनुवारले बागमतीका मौसम राना मगरलाई तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ किलोतर्फ सेनाका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई हराए । सोही तौल समूहमा बागमतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाएर सेमिफाइनल प्रवेश गरे ।

यसैगरी पुरुष ७५ किलोमा कर्णालीका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए । पुरुष ८१ किलोमा बागमतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता सेमिफाइनलमा प्रवेश गरेका छन् । स्याङ्तानले मधेशका किरण लामा तथा महताले गण्डकीका मनिष बिसीलाई हराए । पुरुष ९१ किलोतर्फ आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्टलाई तथा प्रदेश १ का प्रसिश रुचालले बागमतीका उमङ्ग महर्जनलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे ।

यस्तै महिला ५१ किलोमा आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनल प्रवेश गरेका छन् । गुरुङले बागमतीकी अस्मिता दुवाल तथा केसीले सुदूरपश्चिमकी सोनिया सेठ्ठीलाई हराइन् । महिला ५७ केजीतर्फ नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्कालाई तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गरिन् । दुवै जना सेमिफाइनल प्रवेश गरेका छन् ।

यसैगरी महिला ६० किलोतर्फ एपीएफ क्लबकी सङ्गीता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउँदै सेमिफाइनल पुगिन् । महिला ६९ किलोतर्फ लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी छिन् ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !