समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

आजभोलि

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ ।

लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस्,” भन्नुभएको छ ।

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, “वैशाख ११ गते सामान्य दिन होइन, २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।”
आसन्न स्थानीय तहको निर्वाचनका साथै यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न उहाँले आग्रह गर्नुभएको छ ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !