ट्राफिक प्रहरीद्धारा नौ महिनामा एक करोड ४६ राजस्व सङ्कलन

आजभोलि

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८÷०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो । पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

यस्तै चालु आव ०७८÷०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !