जनकनन्दनीमा जसपाका यादव विजयी

आजभोलि

काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गर्नुभएको अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गर्नुभयो ।

कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित हुनुभएको छ भने वडा नं ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी हुनुभएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !