दङ्गीशरणको अध्यक्ष–उपाध्यक्षमा कांग्रेसको जित

आजभोलि

काठमाडौं । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गर्नुभएको छ । नवनिर्वाचित गिरीले पाँच हजार ७६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दङ्गीशरणले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गर्नुभएको छ । खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल हुनुभएको थियो । अध्यक्ष एमालेले जितेको थियो । कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७ अर्थात् ६६।७३ मत खसेको थियो ।

तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु भएको छ । एमालेका वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि स्थानीय तहको निर्वाचन यही जेठ ३ गते सारिएको थियो ।

निर्वाचन सहायक अधिकृत ढकबहादुर रावतका अनुसार जनकल्याण मावि दूधरास र दीपेन्द्र मावि मानपुरमा मतदानस्थल तोकी त्यहाँ सातवटा मतदान केन्द्र राखिएको छ । दूधरासमा दुई हजार ७३४ र मानपुरमा तीन हजार ३८३ मतदाता सङ्ख्या छ । सो वडाको मतदान सकिएपछि आज बेलुकाबाट तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !