हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

आजभोलि

काठमाडौं । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा ९माओवादी केन्द्र०का कर्ण रोकाया निर्वाचति हुनुभएको छ ।

आज बिहान सकिएको मतगणनामा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह एक हजार ९६८ मत ल्याएर विजयी हुनुभएको फडेराले एक हजार ३२९ मत ल्याउनुभएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेस विद्रोही उम्मेरदवार ९स्वतन्त्र० लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नुभएको छ । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलोपटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित हुनुभयो ।

छवटा वडा रहेको गाउँपालिकामा चार वडामा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा उम्मेरदवार विजयी भएका छन् । माअ‍ेवदी केन्द्रको तर्फबाट वडा नं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं १ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् । वडा नं ६ मा माओवादी केन्द्रका वृखबहादुर बुढाको प्यानल विजयी भएको छ ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !