म्याग्दीको अन्नपूर्णमा एमाले विजयी

आजभोलि

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।

पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनः निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाउनुभएको छ । कांग्रेसका बलबहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाउनुभएको छ ।

बाह्र हजार २६ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ उम्मेदवार चुनावी मैदानमा थिए । आठ वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वडा अध्यक्ष जितेका छन् ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !