सप्तरीको पहिलो नगर प्रमुखमा चौधरी

आजभोलि

काठमाडौं । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो ।

उहाँले सात हजार २९२ मत ल्याउनुभयो । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहनुभएको छ । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याउनुभएको छ ।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई÷दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !