काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारकै अग्रता

आजभोलि

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २० हजार २०१ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १० हजार ६३८ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले नौ हजार ८७७ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६४४ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !