४५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

आजभोलि

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालबाट हुने सेवालाई थप सुधार र विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

“अबको दिनमा अस्पतालले दिनुपर्ने सेवामा विस्तार गर्दै सुधार्नुपर्ने ठाउँ कहाँ छन्, जनगुनासोलाई सम्बोधन गर्ने काममा ध्यान आवश्यक छ ।” उहाँले भन्नुभयो । अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताउनुभयो ।

अहिले सो अस्पतालको आकस्मिक सेवा कक्षमा औसतमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा कक्षमा अहिले छ वटा मात्रै शय्या रहेको कारण सरकारको नियमअनुसार त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै अहिले प्राप्त सामग्रीले ठूलो राहत मिल्ने कार्यकारी निर्देशक थापाले बताउनुभयो । रोटरी क्लबले विभिन्न १७ प्रकारका सामग्रीका साथै विभिन्न प्रकारका अन्य साग्रीसहित करिब रु ४५ लाख बराबरको सहयोग गरेको छ ।

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !